Homeसमाचारझापामा साहित्यको माध्यमबाट सीमानाबारे खबरदारी

झापामा साहित्यको माध्यमबाट सीमानाबारे खबरदारी

विर्तामोड । नेपालको सिमाना मिचेको नक्सा सार्वजनिक भएसंगै झापाका कवि तथा साहित्यकारहरु ले पनि साहित्यको माध्यमबाट विरोध गरेका छन् ।
शब्दको खेति गरेर समाज र देश बोल्ने साहित्यको माध्यमबाट सीमाना नमिच्न साहित्यकारहरुले देशको सिमा सुरक्षाका लागि सचेतनार्थ देशभक्ति कविता वाचन कार्यक्रममार्फत खबरदारी गरेका हुन् । प्रगतिशील लेखक संघ र चेतना प्रकाशन संस्थाको आयोजनामा सम्पन्न कार्यक्रममा लगभग ४० जना स्रष्टाहरुले रचना वाचन गरेका थिए ।


प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षता तथा साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोमलप्रसाद पोखरेल, केशव आचार्य, विष्णुकुमार भट्टराई, हरिनारायण न्यौपाने, डिल्लीराज नेपाल, खगेन्द्र खुशी, विनोद खनाल, मातृका संग्रौला, दिलीप घिमिरे, लगायत तीनदर्जन बढी साहित्यकारले आ–आफ्नो सिर्जना वाचन गरेका थिए ।
प्रस्तुत कविताले नेपाल भारतको सम्बन्ध र भारतको मिचाहा प्रबृतिप्रति तिखो व्यङ्गय गरेको थिए । प्रस्तुत कवितामाथि प्राध्यापक चुडामणि बाशिष्ठले टिप्पणी गर्नुभएको थियो । चेतना प्रकाशन संस्थाका अध्यक्ष पुण्य खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघका सचिव लीला अधिकारीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा साहित्यको माध्यमबाट सीमानाबारे खबरदारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img