जोस्ना श्रेष्ठ ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वार्ड ४ सुनकोशी बजार निवासी ७० बर्षिया कान्छी तामाङको मिहिनेत र उर्जा ।

उनी आफ्ना मिहिनेती हातहरूले मकैको खोस्टा,पराल ,बाबियो र खेर जाने प्लास्टिकबाट पिरा, करुवा , डाकी,फुल दानी , टोपी , झोला,डस्टबिन ,मुडा , टि- टेबल, चकटी , चप्पल आदी बनाएर प्रति गोटा दुई सय ,तीन सय , चार सय, पाँच सय देखि आठ सय रूपैयाँमा बेच्दछिन् ।

तामाङ भन्छिन् “चार बर्ष अघि ३६ बर्षिया छोरा गुमाएर झण्डै डिप्रेसनमा गए मन भुलाउन यो काम गर्छु।



















