Homeसमाचारविदेशमा सिकेका सिपको सरकारले सदुपयोग गर्न नसकेको रिटर्नीहरुको ठहर

विदेशमा सिकेका सिपको सरकारले सदुपयोग गर्न नसकेको रिटर्नीहरुको ठहर

बिर्तामोड २५ फागुन । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागी बक्ताहरुले रिटर्निहरुले सामाजिक, आर्थिक, राजनीतिक समस्या भोग्न बाध्य हुनुपरेको बताएका छन् ।
नेपाली कांग्रेस पूर्व आप्रबासी समन्वय विभाग केन्द्रीय समितिको आयोजना र कोशी प्रदेश समितिको संयोजनमा विर्तामोडमा आयोजित ‘राष्ट्र निर्माणमा रिटर्निको भूमिका, स्वदेशदेखि विदेशसम्म’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।
लामो समय विदेशमा बिताएर स्वदेश फर्कदा आफू आबद्ध राजनीतिक दलमा पूर्ववत अवस्थामा फर्कन समस्या हुने, सामाजिक रुपमा घुलमेल हुनै समय लाग्ने, पारिवारिक बेमेल उत्पन्न हुने एवं आर्थिक समस्या समेत झेल्नुपरेको सहभागीले बताएका हुन् ।
रोजगारी वा अध्ययनका लागि लामो समय विदेश बसेर फर्किएकाहरुको सीप, क्षमता, प्राविधिक ज्ञान एवं लगानीलाई राष्ट्र निर्माणमा लगाउन सरकारले लगानीमैत्री वातावरण बनाएर प्रोत्साहित गर्न नसकेको उनीहरुको गुनासो छ ।
अवसरको खोजी वा घरको आवश्यकता टार्नकै लागि पनि युवा उमेरमा विदेशिनु स्वभाविक रहेको चर्चा गर्दै उनीहरुले विदेशमा रहेका दक्ष जनशक्तिलाई स्वदेश फर्किएर उत्पादनमूलक कार्यमा लगानीको वातावरण बनाउन आग्रह समेत गरेका छन् । लगानीको वातावरण बने उत्पादन बढ्ने, आयात प्रतिष्थापन हुने र रोजगारी सिर्जना हुने उनीहरुको भनाई छ ।
विभागको आयोजनामा हालसम्म देशका पाँचवटा प्रदेशमा कार्यक्रम सम्पन्न भएको बताउँदै विभागका केन्द्रीय संयोजक एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले युरोपियन मुलुक, भारत र ‘गल्फ कन्ट्री’बाट फर्किएका रिटर्निहरुको समस्या बेग्लाबेग्लै रहेको बताउनुभयो ।
युरोपबाट फर्किएकाहरुको आर्थिक स्थिति राम्रो देखिने तर नेपालमा लगानीको वातावरण नहुँदा युरोपियन मुलुकको नागरिकता त्याग्न तयार नदेखिने गरेको बताउँदै उहाँले भारत एवं गल्फ कन्ट्रीबाट फर्किएका धेरैजसो पूर्व आप्रबासीले आर्थिक समस्या झेल्नु परिरहेको समस्या सुझावका रुपमा आएको बताउनुभयो ।
जुनसुकै मुलुकबाट फर्किएपनि उनीहरुको सीप र क्षमतालाई उपयोग गर्नेगरी लगानीको वातावरण बनाउन सके देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने कोइरालाको भनाइ छ । आफू विभागको संयोजक भएपछि परिणाम आउनेगरी काम गर्ने उद्देश्यका साथ रिटर्निहरुबाट प्राप्त सुझावलाई दस्तावेज बनाउने र दस्तावेजका विषयमा विज्ञहरुसँग छलफल गरेर नीति निर्माणका लागि पार्टीमार्फत पहल गरिने जानकारी दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले विदेशबाट फर्किएका केही ब्यक्तिहरुले कृषि, उद्यम क्षेत्रमा लगानी गरेर राम्रो आम्दानी गरिरहेको उदाहरण प्रस्तुत गर्दै नेपालमै प्रसस्त अवसर रहेको बताउनुभयो । रिटर्निहरुको सीप र क्षमतालाई राज्यले ग्रहण गर्दै आयआर्जन र रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विभागका कोशी प्रदेश संयोजक विज्ञानराज प्रसाईले कार्यक्रम संयोजन र ब्यवस्थापन गर्न सहयोग गर्ने नेपाली कांग्रेस झापासहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा  जनसम्पर्क समिति युकेका संयोजक एवं महाधिवेशन प्रतिनिधि महेश दाहाल, जनसम्पर्क समिति कोरियाका पूर्व संयोजक नवराज शिवाकोटी, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन विभागका सचिव सुवास लोहनीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविदेशमा सिकेका सिपको सरकारले सदुपयोग गर्न नसकेको रिटर्नीहरुको ठहर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img