Homeसमाचारपुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानद्वारा तीन जनालाई सम्मान

पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानद्वारा तीन जनालाई सम्मान

चारआली १७ फागुन । झापाको चारआलीमा आयोजित एक कार्यक्रमका बीच शिक्षा, समाजसेवा तथा साहित्य क्षेत्रका तीनजनालाई सम्मान गरिएको छ । पुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानको सातौं बार्षिक साधारणसभाको अवसर पारेर प्रतिष्ठानले ऐतिहासिक व्यक्तित्वको रुपमा इटहरीका ऋषिराम ढकाल, नन्दमाया कर्मठ नारी सम्मानबाट झापा सुरुङ्गाकी सावित्रा दाहाल र प्रेमप्रसाद पौडेल स्मृति सम्मानबाट इलामका स्रष्टा जीवनहरी शर्मालाई सम्मान गरिएको हो ।


प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षता तथा प्राध्यापक डाक्टर रमेश घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समय शिक्षण पेशामा बिताउनु भएका ढकाललाई छन्द साहित्य अध्यायपनमा जीवन समर्पण गरेको भन्दै ढकाललाई सम्मान गरिएको बताइएको छ । त्यसैगरी शिक्षा, पत्रकारिता, सामाजिक क्षेत्र, सहकारी लगायतका विविध विधामा सक्रिय रहेको भन्दै नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष समेत रहेकी प्राध्यापक दाहाललाई सम्मान गरिएको संस्थाका सचिव हरि न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा छन्द साहित्यमा दख्खल राख्ने साहित्य सर्जक इलाम निवासी जीवनहरी शर्मालाई सम्मान गरिएको हो ।
सम्मानित तिनैजनालाई प्रमुख अतिथि घिमिरे, प्रा.डा. गोविन्दराज खतिवडा लगायतका अतिथिहरुले सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि घिमिरे, पं. नारायणप्रसाद भट्टराई, प्रेमप्रकाश फलाहारी, रामचन्द्र दाहाल सम्मानितहरु ऋषिराम ढकाल, जीवनहरी शर्मा र सावित्रा दाहालले मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका उपाध्यक्ष दयाराम प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हरि न्यौपानेले गर्नुभएको थियो ।
ेताप्लेजुङको देउलिङ्गेमा जन्मिएका पुण्यप्रसाद न्यौपानेको २०६१ सालमा निधन भएको थियो । समाज सेवामा उहाँले पुर्याएको योगदानको सम्मान गर्दै न्यौपानेका सन्ततीहरुले सात वर्ष अघि प्रतिष्ठानको स्थापना गरी वार्षिक रुपमा विभिन्न क्षेत्रका उत्कृष्ठको छनौट गरी सम्मान गर्दै आएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपुण्यप्रसाद न्यौपाने स्मृति प्रतिष्ठानद्वारा तीन जनालाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img