Homeसमाचारउत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै ईडनले मनायो ३६ औ बार्षिकोउत्सव

उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै ईडनले मनायो ३६ औ बार्षिकोउत्सव

बिर्तामोड ११ फागुन । ईडन गार्डेन एजुकेशन फाउन्डेसन बिर्तामोडले ३६ औ बार्षिक उत्सव मनाएको छ । ईडनले ३६ औ बार्षिक उत्सवको अवसरमा कक्षा १० मा अध्ययनरत अनामिका थापा र चेतन संग्रौलालाई बर्ष उत्कृष्ट विद्यार्थी र वर्षा कार्कीलाई उत्कृष्ट शिक्षकको रूपमा सम्मानित गरेको छ ।
बार्षिक उत्सवको अवसरमा विधालय प्रांगणमा आयोजना सास्कृतिक कार्यक्रममा विद्यार्थीहरूले स्वस्ती बाचन,शास्त्रीय, मारूनी , साकेला , तामाङ सेलो लगायत अन्य विभिन्न किसिमका नृत्यहरू, नाटक , कविता र फेशन सो प्रतिभा प्रस्तुत गरेका थिए ।


विधालय व्यस्थापन समिति अध्यक्ष समिशा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन प्रमुख अतिथि एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठले गर्नु भएको थियो।
बिशिष्ट अतिथि एन प्याब्सन झापा अध्यक्ष तथा फकंतालुंग एजुकेशन फाउण्डर प्रिन्सिपल ओम बिक्रम नेम्बाङ , अतिथिहरु प्याब्सन बरिष्ठ झापा उपाध्यक्ष एच.के पाठक ,हिसान झापा अध्यक्ष तथा बिर्तामोडल विधालयका प्रिन्सिपल उत्तम खनाल,सचिव देवेन्द्र हुमागाईं लगायत जिल्ला तथा प्रदेशका शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा शिक्षक कमल अधिकारीले स्वागत गर्नु भएको भने संचालन गिताराम आचार्यले गर्नु भएको थियो।


२०४५ सालमा स्थापना भएको यस विद्यालयले शिक्षा सगै विधार्थीहरुको सर्वांगीण विकासका निम्ति खेलकुद, नृत्य, व्यक्तित्व तथा नेतृत्व विकास हुने खालका विभिन्न गतिविधिहरु संचालन गर्दै आएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै ईडनले मनायो ३६ औ बार्षिकोउत्सव
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img