HomeFeatured 2भद्रपुर नगरपालिकाद्वारा दुई पत्रकारसहित खेल क्षेत्रको उत्कृष्ठलाई सम्मान

भद्रपुर नगरपालिकाद्वारा दुई पत्रकारसहित खेल क्षेत्रको उत्कृष्ठलाई सम्मान

भद्रपुरको १२ फागुन । भद्रपुर नगरपालिकाको १५ औं नगरसभाको अवसर पारेर दुई पत्रकारसहित खेलकुद क्षेत्रका उत्कृष्ठलाई सम्मान गरिएको छ ।
शनिवारबाट शुरू भएको नगर सभाको समापनको अवसर पारेर आज (आइतबार) विकास पत्रकारिता सम्मानबाट नगद ३१ हजार सहित द्रोण अधिकारी र प्रोत्साहन पत्रकारिताबाट सन्तोष शर्मालाई १५ हजार नगद सहित पुरस्कृत गरिएको हो ।
नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर क्षेत्रमा रहेर खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्टिय पदक प्राप्त क्रिकेटका विपिनकुमार महतो, हक्कीका सुदिपकुमार चौधरी, दिपक खतिवडा, भारोत्ततलनकी सोनीदेवी दास, एथलेटिक्सकी सविना राजवंशीलाई जनही दशहजार नगदसहित सम्मान गरिएको थियो ।
यस्तै नगरपालिका स्तरीय नकाउट फुटवल प्रतियोगितामा विजेता भद्रपुर नगरका खेलाडीलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
शिक्षा शाखाका योगेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी प्रमुख मिलन केसी, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकर लगायतले धारणा राख्दै नगरको उन्नतिमा सवै क्षेत्रको उल्लेख्य भूमिका रहने बताएका थिए ।
नगरसभामा चाल आर्थिक वर्ष २०८१÷०८२ को अर्ध वार्षिक प्रगति कार्य योजनाहरूको समीक्षा र संशोधित बजेट तर्जुमा लगायतका बारेमा छलफल गरेर पारित समेत गरिएको थियो ।
नगर सभामा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सभालाई समापन गर्दै नगर प्रमुख पोखरेलले नगरको चौतर्फी विकासका लागि नीतिगत व्यवस्था मार्फत कार्य विधि बनाएर काम गरिरहेको जानकारी दिए । प्रमुख पोखरेलले भद्रपुरको सर्वाधिक महत्व बोकेको गणतन्त्र नेपालको प्रतीक गिरिजाप्रसाद कोइराला स्मृति सभागृह निर्माण अलपत्र अन्त्य गराएर यथासिघ्र कामको वातावरण निर्माणका लागि नगर सभाले अनुमोदन गर्दै संघीय सरकारसित बाधा फुकुवाको माग गरेको समेत जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुर नगरपालिकाद्वारा दुई पत्रकारसहित खेल क्षेत्रको उत्कृष्ठलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img