बिर्तामोड १३ फागुन । दिगो फोहोर–मैला व्यवस्थापन सम्बन्धी एकदिने तालिम बिर्तामोडमा सम्पन्न भएको छ ।
खालीसिसि म्यानेजमेन्ट प्रा.लि.र मानव अधिकारका लागि एकल महिलाको सहकार्य तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोगमा सञ्चालित तालिममा फोहोर कम गर्ने तरिका, फोहोरलाई बर्गीकरण र बर्गीकरणले फोहोर व्यवस्थापनमा पुग्ने सहयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
साथै फोहोर उत्पादनमा हुने कमीले ल्याण्डफिल्ड व्यवस्थापनमा पुग्ने सहयोग, घरैमा उत्पादित फोहोर पुनः प्रयोग र पुन निर्माण गर्न सकिने प्रकृतिका फोहोर, पुनः प्रयोगमा आउन नसक्ने फोहोर र घरैमा मल बनाएर उपयोग गर्ने तरिकाबारे समेत जानकारी दिइएको तालिमको सहजीकरण रुविना थपलियाले गर्नुभएको थियो । कार्यक्रममा अनावश्यक खर्च कटौतीले फोहोर घटाउनका लागि पुग्ने सहयोग, नेपालका प्रमुख शहरहरुमा फोहोर व्यवस्थापनका लागि भएका प्रयास र सफलता जस्ता विषयमा समेत छलफल भएको थियो ।
झापाका २६ जना एकल महिलाहरुको उपस्थिति रहेको एकल महिला मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीले जानकारी दिनुभयो ।
फोहोर व्यवस्थापनको काम गर्दै आएको खालीसिसि म्यानेजमेन्ट प्रा.लि. हाल ३० जना एकल महिलालाई रोजगारी दिंदै आएको बताइएको छ । सन् २०१७ मा ल्याण्ड फिल्डमा काठमाडौंको फोहोर कम गर्ने उद्देश्यले स्थापना भएको खालीसिसि म्यानेजमेन्ट प्रालिले हाल पोखरा, हेटौडा, बुटबल, भैरहवा, विराटनगर लगायतका स्थानमा फोहोर व्यवस्थापनको काम गर्दै आएको बताइएको छ । खालीसिसि प्रालिसंग काठमाडौंमा मात्रै २५ हजार फोहोर संकलकहरु जोडिएको बताइएको छ ।
खालिसिसिद्वारा `दिगाे फाेहाेर व्यवस्थापन´ सम्बन्धि एकल महिलालाई तालिम



















