Homeसमाचारसि.के. को बैचारिक क्षमता इन्साइक्लोपेडिया जत्तिकै: शिवाकोटी

सि.के. को बैचारिक क्षमता इन्साइक्लोपेडिया जत्तिकै: शिवाकोटी

बिर्तामोड ८ फागुन । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीले सि.के. प्रसाईको बैचारिक क्षमता इन्साइक्लोपेडिया जत्तिकै रहेको बताउनुभएको छ ।
सि.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा प्रतिष्ठान परिसरमा आयोजित सि.के. प्रसाईको ३१ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई लगायतका अग्रज नेताहरुले पनि सि.के.को बैचारिक क्षमतालाई इन्साइक्लोपेडियासँग तुलना गर्ने गरेको स्मरण गर्दै यस्तो बताउनुभएको हो ।


‘सि.के.सँग भएको बैचारिक क्षमतालाई नेपाली कांग्रेस पार्टीले पूर्ण रुपमा उपयोग गर्न सकेन’–नेता शिवाकोटीले भन्नुभयो–‘वि.पी., गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले बारम्बार सि.के.लाई भेट्नुहुन्थ्यो । समसामयिक राजनीतिक विषयमा चर्चा गर्नुहुन्थ्यो ।’ वि.पी. कोइरालाले नै छत्रकेशरी प्रसाई (भरतबाबु)को नाम सि।के। राखिदिएको पनि उहाँले सुनाउनुभयो ।
सि.के. प्रसाईसँग लामो समयसम्म सँगसँगै रहेर राजनीतिक कार्यक्रमहरुमा सहभागी हुनुभएका नेता शिवाकोटीले सि.के. प्रसाई नीति र सिद्धान्तप्रति प्रतिबद्ध निष्ठावान नेता रहेको चर्चा गर्नुभयो ।
सर्वस्वहरणमा परेर निर्वासित जीवन विताउँदा उहाँले अत्यन्तै कष्ट भोग्नुपरेको स्मरण गर्दै नेता शिवाकोटीले भन्नुभयो–‘राजाले आफूसँगै रहेर सत्ताको उपभोग गर्नसमेत प्रस्ताव गर्नुभएको थियो । तर उहाँले जनताको अधिकार स्थापना गर्ने र प्रजातान्त्रिक समाजवाद स्थापित गर्ने बाटो रोज्नुभयो ।’ सि.के. प्रसाई लगायत भूविक्रम नेम्बाङ, मच्छिन्द्रबहादुर केरुङ, फत्तेबहादुर बुढाथोकी, रणकेशर बुढाथोकी, अमृतबहादुर आङदेम्बे, हर्षकुमारी थपलिया, हब्बुलाल राजवंशी, तुर्सा हेमरम लगायतका नेताहरुले प्रजातान्त्रिक समाजवादका लागि संघर्ष गरेकै कारण लामो समय निर्वासित जीवन ब्यतित गर्नुपरेको थियो ।
कार्यक्रमका विशेष अतिथि, कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिष्ठानका सल्लाहकार सुशिला ढकाल आचार्यले सि.के. प्रसाईले सबै जातजाति, लिङ्ग, वर्ग समुदायका मानिसलाई उत्तिकै महत्व दिएर पार्टीभित्र स्थान दिएको चर्चा गर्दै उहाँको विचार र ब्यक्तित्वको अनुशरण कांग्रेसी कार्यकर्ताले गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले वि.पी. कोइराला, सि.के. प्रसाईहरुले खनेको बाटोमा राजनीति हिडिरहेको चर्चा गर्दै बाटो नविराई हिड्न नेता/कार्यकर्तालाई आग्रह गर्नुभयो । सि.के. प्रसाईको योगदान बचाइराख्न प्रसाई परिवार र नेपाली कांग्रेसको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले सि.के.ले आफ्नो जीवनकालमा जनताप्रतिको उत्तरदायित्व र त्यागको अफ्ठ्यारो बाटो रोजेको चर्चा गर्दै त्यही त्याग र बलीदानले उहाँ अनन्तकालसम्म वाचिरहने धारणा राख्नुभयो ।
कार्यक्रममा सि.के.चिन्तन प्रतिष्ठान स्थापनाको इतिहास र सि.के.का विचारहरु पुस्तक प्रकाशनबारे आफ्ना धारणा राख्नुहुँदै प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकालले निष्ठाको राजनीति सि।के।को परिचय भएको बताउनुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मीप्रसाद आचार्यले गर्नुभएको सचिव इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसि.के. को बैचारिक क्षमता इन्साइक्लोपेडिया जत्तिकै: शिवाकोटी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img