HomeFeatured 2कृषि प्रविधिको उच्चतम प्रयोग र बजारीकरण भए युवालार्य कृषिमा टिकाउन सकिने

कृषि प्रविधिको उच्चतम प्रयोग र बजारीकरण भए युवालार्य कृषिमा टिकाउन सकिने

बिर्तामोड ७ फागुन । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रविधिको उच्चतम प्रयोग, किसानका उत्पादनको बजारीकरण गर्नसके युवाहरुलाई पनि कृषि पेशामा टिकाउन सकिने बताउनुभएको छ ।
नेपाल किसान महासंघ झापाको चौथो जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सभापति थेवेले यस्तो धारणा राख्नुभएको हो । उहाँले भातृ तथा शुभेच्छुक संघसंस्थालाई सक्रिय बनाउन पार्टीले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सदस्य एवं झापाका लागि केन्द्रीय प्रतिनिधि हरिबहादुर खनालले विचौलिया र सरकारी अनुदान बितरणमा भएका कमीकमजोरी पत्ता लगाएर अनुदान वास्तविक किसानसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य जानुका थापाले किसानहरुको उन्नति र युवाहरुलाई कृषि पेशामा टिकाइराख्नका लागि सरकारले अनुदान रकम बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, नेपाल किसान महासंघका केन्द्रीय सदस्य कालु मेचे, कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, नेपाली कांग्रेस झापाका सदस्य दुर्गाप्रसाद सापकोटा, नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनाली, नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्ने अधिकांश बक्ताहरुले नेपाली कांग्रेसले किसानलाई जहिले पनि प्राथमिकतामा राखेको चर्चा गर्नुभयो ।
नेपाल किसान महासंघ झापाका सभापति रतन थिङ्लाबोको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहसचिव कृष्ण गौतम र सञ्चालन सचिव यादव गिरीले गर्नुभएको थियो ।
अधिवेशनले रतन थिङ्लाबोकै नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा शेखरनाथ अधिकारी, सचिवमा यादव गिरी चयन हुनुभएको निर्वाचन समिति संयोजक जयकुमार दाहालले जानकारी दिनुभयो ।
यसैगरी समितिका सदस्यहरुमा महेश मेनेङ्बो, डिकुरादेवी निरौला, छत्रबहादुर विष्ट, नन्दीकेशर अधिकारी, इन्दिरा दाहाल, रमला विष्ट, मित्रलाल अधिकारी, रघुनाथ अधिकारी, कृष्ण गौतम, ओमप्रसाद पराजुली, रक्षा सुवेदी, राजकुमार गौतम, केशव सुवेदी, प्रमोद राजवंशी, राजेन्द्र ओली, बलराम अधिकारी, गंगादेवी मैनाली शिवाकोटी, कृष्णमाया गड्तौला निर्वाचित हुनुभएको निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।
महासंघको विधान अनुसार एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र ६ महिलासहित १८ जना सदस्य प्रत्यक्ष निर्वाचित हुने ब्यवस्था रहेको निर्वाचन समिति सदस्य हेतिराज निरौलाले जानकारी दिनुभयो ।
यसैगरी महासंघको विधान अनुसार निर्वाचित सदस्यमध्येबाट एक उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष निर्वाचित कार्य समितिले मनोनित गर्ने ब्यवस्था छ भने १२ जना सदस्य सभापतिले मनोनित गर्ने ब्यवस्था विधानमा रहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कृषि प्रविधिको उच्चतम प्रयोग र बजारीकरण भए युवालार्य कृषिमा टिकाउन सकिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img