Homeसमाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा चार जनालाई बर्षोत्कृष्ठ पुरस्कार प्रदान

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा चार जनालाई बर्षोत्कृष्ठ पुरस्कार प्रदान

बिर्तामोड ७ फागुन । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा विभिन्न चार विधाका चारजनालाई पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डा. गोपाल भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २०८० सालमा प्रकाशित बर्षोत्कृष्ठ कृतिमध्ये उत्कृष्ठ कृति सिर्जना सन्दर्भका कृतिकार भारत कालेबुङ निवासी राजेन्द्र भण्डारी, विष्णु चन्द्र पद्मा प्रतिभा पुरस्कारबाट बहुप्रतिभावान व्यक्तित्व बिर्तामोडका लीला उदासी, धनमाया बर्षोत्कृष्ठ पुरस्कारबाट स्वस्तिका आचार्य सिटौला र कलम–पर्शु पुरस्कारबाट दृष्टिविहिन खेम रेग्मीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
पुरस्कृत व्यक्तित्वलाई प्रमुख अतिथि भण्डारी, अतिथिहरु खगेन्द्र प्रसाई, संस्थाका अध्यक्षसहितले सम्मान पत्र, दोसल्ला र नगद राशीद्वारा सम्मान गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाईले जानकारी दिनुभयो ।
बर्षोत्कृष्ठ कृति, विष्णु चन्द्र पद्मा सम्मान तथा धनमाया पत्रकारिता पुरस्कारको राशी जनही २५–२५ हजार रहेको छ भने कमल–पर्शु पुरस्कारको राशी ११ हजार रहेको संस्थाका कोषाध्यक्ष डिल्लीप्रसाद प्रसाईले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि प्रसाई, पुरस्कृत व्यक्तिहरु लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा सम्मानित प्रतिभाहरुको सम्मान पत्र केशव आचार्य, गौतम शर्मा शिवाकोटी, जोस्ना श्रेष्ठ र खिलप्रसाद शिवाकोटीले वाचन गरेका थिए ।
पुरस्कृत प्रतिभाबारे संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले प्रकाश पारेको कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गौतम शर्मा शिवाकोटीले गर्नुभएको थियो ।
सो अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले कविता वाचन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा चार जनालाई बर्षोत्कृष्ठ पुरस्कार प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img