Homeसमाचारहिंसा हटाउन संस्कार/संस्कृतिमा परिवर्तन आवश्यक

हिंसा हटाउन संस्कार/संस्कृतिमा परिवर्तन आवश्यक

भद्रपुर १३ मंसीर । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत झापाको भद्रपुरमा अटो तथा सिटी सफारीमा स्टिकर टाँससहित विविध कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकासहित एबीसी नेपाल, साना हातहरु, विश्व सेवा विस्तार, सामुदायिक प्रहरी–वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महिला हिंसा न्यूनिकरण सम्बन्धीका नारा लेखिएका चेतनामुलक स्टिकर सिटी सवारी, अटो तथा ट्रकमा टाँसिएको थियो ।


नेपाल–भारत सीमा नाका रहेको भद्रपुरमा आयोजित उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठले संस्कृतिका नाममा रहेका केही गलत संस्कारमा परिवर्तन हुन आवश्यक रहेको बताउनु भयो । सम्मानका नाममा अझैंपनि घुम्टो नओडी हिड्न हुँदैन, दशगात्र कर्ममा छोरी बस्न हुँदैन, छोरीले वेद पढ्न हुँदैन भन्दै रोक लगाउने प्रचलन समाजमा यथावत रहेसम्म लैंङ्गिक हिंसाको अन्त्य हुन नसक्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ५ नम्बर वडाका वडाध्यक्ष बन्धु कार्की, एवीसी नेपालका झापा संयोजक कञ्चना ढकाल सिटौला, सिटी सफारी चालक संघका प्रतिनिधि लगायतले आ–आफ्ना धारणा राखेका थिए । वक्ताहरुले हिंसा न्यूनिकरणका लागि आफैंबाट परिवर्तन शुरु गर्नुपर्नेमा जोड सामाजिक संस्कारले पनि हिंसामा सहयोग पुर्याएको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख याम श्रेष्ठले महिला तथा मानव बेचविखनमा नेपाल–भारत सीमानामा रहेको भद्रपुर नाकापनि प्रयोग हुने गरेको बताउँदै बेचबिखनक नियन्त्रणमा चालकहरु ठूलो भूमिका रहने बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । सिटी सवारी चालकहरुको समेत सहभागिता रहेको कार्यक्रममा श्रेष्ठले सवारी सञ्चालनका क्रममा हुने लैङ्गिक हिंसा र कारवाहीबारे जानकारी गराउनु भयो । जगत वाग्लेको अध्यक्षता तथा विक्रम वाग्लेको सञ्चालन रहेको कार्यक्रममा स्वागत इन्द्र विष्टले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहिंसा हटाउन संस्कार/संस्कृतिमा परिवर्तन आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img