Homeसमाचारजंगली हात्तीको आक्रमणबाट झापामा १३ वर्षमा ८१ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा १३ वर्षमा ८१ जनाको मृत्यु

भद्रपुर २२ माघ । झापामा हात्तीको आक्रमणबाट हाल सम्म ८१ जनाको मृत्यु भईसकेको छ । वि. सं. २०६७ सालदेखि हालसम्म बालीनाली, धनसम्पत्तिमा क्षति पुग्नुका साथै ८१ जनाले ज्यानले ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाको तथ्यांकमा उल्लेख छ ।
कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष को ६ महिनामा मात्रै हात्तीको आक्रमणबाट ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हल्दिवारी ३ का ७२ वर्षिय ओङ्दी गुरुङ ,दमक ३ का ४५ वर्षिय मिनबहादुर भण्डारी र कचनकवल ७ की केलावती राजवंशी रहेका छन । दिवंगतका परिवारले सरकारको नियमानुसार प्राप्त गर्ने राहत स्वरुप १०/१० लाख रुपैयाँ प्राप्त गरेका छन् । तर, पीडितले पाएको यो राहत पर्याप्त छैन । दीर्घकालीन समस्याको समाधान गर्नुपर्ने टड्कारो आवश्यक देखिन्छ । हात्तीको आक्रमणका कारण जनको मात्र हैन धनको समेत उतिकै क्षति पुगेको छ । धनजनको क्षतिपूर्ति बापत २०८० साल देखि हालसम्म नेपाल सरकारको वन मन्त्रालयबाट मात्र ३३ जना पीडितलाई ५२ लाख ९९ हजार ९ सय २८ रुपैयाँ वितरण गरिसकिएको छ । जसमा ४ जना मृतकको आफन्तलाई प्रतिव्यक्ति १० लाखका दरले ४० लनख,१० जना हात्तीको आक्रमणबाट घाईते भएकालाई एकमुष्ट ११ लाख १८ हजार ६ सय २८ अन्न बाली क्षति बापत १ लाख ७१ हजार ३ सय र पशुधन क्षतिबापत १० हजार रुपैयाँ दिएको छ । यसै गरि वन निर्देशनालय बाट २ जना मृतकलाई २० लाख रुपैयाँ र अन्य क्षतिपूर्ति बापत ३४ जनालाई ७ लाख ८ हजार ५ सय रुपैया राहत बापत प्रदान गरिएको छ । त्यसैगरी यसै आ. व. को ६ महिनामा डिभिजन वन कार्यलय बाट ६९ लाख,९३ हजार ५ सय ६५ रुपैया राहत वितरण गरेको कार्यलय प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उक्त रकम २ जना घाइतेलाई २ लाख ६१ हजार १ सय २० रुपैयाँ , १ सय ४८ जनाको घरगोठ क्षतिको निवेदनका आधारमा २३ लाख रुपैया ,१ सय २७ जनाएको भण्डारण अन्नको क्षति वापतको निवेदनमा ९ लाख ७९ हजार ४५ रुपैया र ३७१ जनाको अन्नबालि क्षतिपूर्ति वापतको निवेदन का आधारमा ३४ लाख ५३ हजार ४ सय रूपैयाँ वितरण गरेको राईको भनाइ छ । राहत रकम वितरणसगै वर्षेनी हात्तीबाट हुने क्षति झन बढेर गएको छ । क्षति न्युनिकरणको दीर्घकालीन योजना आवस्यक रहेको स्थानीय बुद्धिजीवी बर्गको भनाई छ । कार्यलय प्रमुख राइले डिभिजन वन कार्यलय झापाले जिल्लामा हात्ती प्रभावित क्षेत्रमा पोखरी निर्माण ,हात्तीको खानाको लागि विभिन्न प्रजातिका बिरुवा लगाउने कार्यका अतिरिक्त हात्ती भगाउन र्यापिड रेस्पोन्स टिम ६ वटा लाई तालिम दिई सहयोग पुर्‍याउने कार्य गरेको बताउनुभयो । उहाका अनुसार २०७५ सालमा जिल्लामा १० वटा हात्ती रहेकोमा हाल ३० वटा माथिको संख्यामा रहेको बताउनुभयो । मानव हात्ती सह अस्तित्व दीर्घकालीन आवश्क रहेकाले दुरगामी योजना हात्ती नियान्त्रणका लागि चाहिने देखिन्छ । झापमा १८ हेक्टर क्षेत्रमा वन क्षेत्र रहृेको छ भने १५ वटा झापाका स्थानिय तहहरु मध्ये झापा गापा र गौरादहनगर पालिका बाहेक अन्य पालिकामा हात्तीको आक्रमण देखिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजंगली हात्तीको आक्रमणबाट झापामा १३ वर्षमा ८१ जनाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img