Homeसमाचारअस्ताए मुक्तियोद्धा आङ्देम्वे

अस्ताए मुक्तियोद्धा आङ्देम्वे

रेजिना गौतम

अहिंसात्मक आन्दोलनबाट प्रजातन्त्र स्थापना हुन नसक्ने अवस्था देखेपछि २००७ सालमा नेपाली कांग्रेसले बनाएको मुक्तिसेनाका योद्धामध्येका एक अमृतबहादुर आङदेम्बेको शुक्रबार निधन भएको छ । कांग्रेसले गठन गरेको मुक्तिसेनाका योद्धा रहेका आङदेम्बेले पूर्वी नेपालको इलाम लगायत पहाडी जिल्लामा मुक्तिसेनाका रुपमा खटिएका थिए । उनै अमृतबहादुरले ९९ वर्षको उमेरमा शुक्रबार हल्दिबारी ५ कञ्चनश्रीमा अन्तिम श्वास फेर्नुभएको हो ।
विक्रम संवत १९८२ सालमा पाँचथरको नवमीडाँडा–८ मा जन्मिनुभएका आङदेम्बे र उहाँको परिवार लामो समयदेखि हल्दिबारी–५ (साविक जलथल–९) मा बसोबास गर्दै आउनुभएको थियो ।
अहिंसात्मक आन्दोलनबाट जनताको सर्वोच्चता प्राप्त हुन नसक्ने परिस्थितिको मूल्याङ्कन गरी आन्दोलनलाई सशक्त बनाउन नेपाली काङ्ग्रेसले वि।सं। २००७ असोज १० र ११ (सन् १९५० सेप्टेम्बर २६ र २७) मा रौतहटको सीमानामा रहेको रौतहटको वैरगनियामा रणनैतिक सम्मेलन आयोजना गरी मुक्तिसेना गठन गरेको थियो । त्यही मुक्तिसेनामा आवद्ध रहेर प्रजातन्त्र प्राप्तीका लागि आङ्देम्बेले चार सरकारको पहिचान समेत बनाएका थिए ।
त्यसपछि २०१८ सालमा पनि कांग्रेसले तत्कालीन पञ्चायती शासनसत्ताकाबिरुद्ध सशस्त्र संघर्ष गरेको थियो । उक्त संघर्षमा पनि आङ्देम्बेलाई पार्टीले जिम्मेवारी दिएको जानकारहरु बताउँछन् । कांग्रेसले २००७ सालमा मुक्तिसेनाको जिम्मेवारीमा रहेर हतियार बोकेकै कारण आङ्देम्बेलाई ‘चार सरकार’का उपनामले चिनिन्छ । आङ्देम्बेले पूर्वप्रधानमन्त्री स्व। शुशिल कोइरालाका सहपाठी भएको बताउँदै सोही कारण कोइराला प्रधानमन्त्री भएपछि झापा आएका बेला कोइरालालाई भेट्न बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानसम्म आइपुगेका थिए ।
त्यससमय महामानव वीपी कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरु भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङ्देम्बे, मच्छिन्द्रबहादुर केरुङ लगायतका नेताहरुको निकटतम रहेर उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।
बैरहनियामा भएको सम्मेलनले सशस्त्र क्रान्तिबाट मात्र देशमा परिर्वन सम्भव छ भन्ने ठहर गरी सो क्रान्तिको सर्वोच्च कमाण्डर मातृकाप्रसाद कोइरालालाई बनाउदै भित्री रूपले त्यसको सञ्चालनको बागडोर विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेर राणालाई दिइएको थियो।
२००७ कात्तिक २१ मा शसस्त्र क्रान्तिको पूर्ण तयारी भएको थियो। यसै दिन राजा त्रिभुवनले नाती ज्ञानेन्द्र वाहेक सपरिवार गद्दीत्याग गरेका थिए। राणाहरूले ज्ञानेन्द्रलाई राजा बनाएका थिए।
कात्तिक २४ गते हिमालयन एयरवेजको हवाइ जहाजद्वारा नेपाल चार भन्ज्याङ भित्र र २७ गते नेपालभरि क्रान्तिकारी पर्चाहरू छरिएका थिए। थिरवम मल्ल र पूर्ण सिंहको नेतृत्वमा नेपाली काङ्ग्रेसका क्रान्तिकारी योद्धाहरूले २५ गते राती र २६ गते बिहान वीरगन्जमा आक्रमण गरी सफलता प्राप्त गरेका थिए। सो क्रममा सयौँ हतियार र केही रकमसमेत सङ्कलन भएको बताइन्छ । तर, दुर्भाग्य क्रान्ति योद्धा थिरबम मल्लले शाहदत प्राप्त गरेका थिए। २५ र २६ गते नै नेपाली काङ्ग्रेसको सशस्त्र मुक्ति सेनाले विराटनगरमा आक्रमण गरेको थियो। क्रमशः भैरहवा, परासी, नेपालगन्ज आदि ठाउँहरूमा पनि मुक्ति सेनाले आक्रमण गरेका थिए।
त्यस क्रान्तिमा नेपाली काङ्ग्रेसले बर्माका नवशासनारुढ समाजवादीहरूबाट र केही अंशमा काश्मीरका शेख अब्दुल्लाबाट हातहतियार प्राप्त गरेका थिए र सो लुकाई छिपाइ तिनलाई भारतको सीमा कटाएर नेपाल प्रवेश गराइएको थियो। पछि राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनको बीच दिल्लीमा त्रिपक्षीय ९मौखिक० सम्झौता भएको थियो जुन दिल्ली सम्झौताको रूपमा परिचित छ।
मुक्ति सेनाको आन्दोलनको प्रभाव पूर्वी पहाडमा पनि परेको थियो । पूर्वीपहाड अन्तरगत इलाममा मुक्तिसेनाको कमाण्डरको जिम्मेवारी पाएकोे कुराकानीका क्रममा स्व। आङ्देम्बेले बताउँनु हुन्थ्यो । मुक्तिसेनामा रहँदा आफूले बन्दुक उचालेको र सोही कारण चार सरकार भन्न थालेको उहाँको भनाई थियो । जलथलमा उहाँलाई छरछिमेकी लगायत अधिकांसले चार सरकारे बाबै भनेर चिन्ने गरेको स्थानीय बताउँछन् ।
आङदेम्बेले २००७ सालमा र ०१८ सालमा प्रजातन्त्र प्राप्तीका लागि गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाली कांग्रेस गाउँ समिति जलथलले आठवर्ष अघि सम्मान तत्कालिन पार्टी सचिव होम चुडालले जानकारी दिनुभयो । उहाँका अनुसार २००७ सालमा श्री ५ को सरकार भनिने गरेको र जनताको मुक्तिका लागि युद्ध लडेका हुनाले उहाँलाई चार सरकार भनिएको विश्वास स्थानीयको बुझाइ रहेको छ ।
आङदेम्बेका पाँचछोरामध्ये जेठा छोराको यसअघि नै निधन भइसकेको छ भने श्रीमती नरिमाया आङदेम्बेको दुईमहिना अघि मात्रै निधन भएको हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीले जानकारी दिनुभयो ।
उहाँका छोराहरु नरविर, हस्तबहादुर, हर्कबहादुर, विष्णुबहादुर र छोरीहरु टिका र श्रीमाया आङदेम्बे रहेका छन् । मृतक आङदेम्बेको पार्थिव शरीरमा भोली शनिबार पार्टीको झण्डा ओढाउने र कार्यक्रम तय भएको नेपाली कांग्रेस झापाका सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
हल्दिबारी–५ का वडाध्यक्ष लावतीका अनुसार शनिबार विहान ११ बजे हल्दिबारी–५ उहाँको घर (कञ्चनश्री नजिक निजी निवासबाट) बाट शवयात्रा प्रारम्भ हुने र चारकोषे जंगलमा अवस्थित चिहानडाँडामा अन्तिम संस्कार गरिने जानकारी दिनुभयो ।
यसैबीच नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अग्रज प्रजातन्त्र सेनानी अमृतबहादुर आङदेम्बेको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ । उहाँको निधनप्रति गहिरो शोक ब्यक्त गर्दै सभापति थेवेले उहाको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना ब्यक्त गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअस्ताए मुक्तियोद्धा आङ्देम्वे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img