Homeसमाचारअनैतिक सम्बन्ध राखेको आरोपमा बिर्तामोड नगरपालिकाका सिनियर अहेव पक्राउ

अनैतिक सम्बन्ध राखेको आरोपमा बिर्तामोड नगरपालिकाका सिनियर अहेव पक्राउ

बिर्तामोड १७ माघ । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब र एक महिला कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा सिनियर अहेब दीपक सापकोटालाई प्रहरीले बिहीबार शिवसताक्षी–१० दोमुखाको एक होटलबाट पक्राउ गरेको हो । स्वास्थ्य शाखाकी ती महिला कर्मचारीका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र आफ्‌नी श्रीमतीलाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले सापकोटा र ती महिलालाई होटलबाट नियन्त्रणमा लिएर घटनाको अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय झिलझिले लगिएको माईधार प्रहरी पोष्टका इञ्चार्ज मनपुर चौधरीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअनैतिक सम्बन्ध राखेको आरोपमा बिर्तामोड नगरपालिकाका सिनियर अहेव पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img