Homeसमाचारकालिकापीठमा श्रेष्ठ दम्पतीद्वारा टायल्स

कालिकापीठमा श्रेष्ठ दम्पतीद्वारा टायल्स

कालिस्थान । अर्जुनधारा नगरपालिका–९ निवासी सामाजिक÷शैक्षिक ब्यक्तित्व दुर्गालाल–सिता श्रेष्ठ दम्पतीले कालिकापीठ परिसरमा टायस्ल लगाइदिनुभएको छ ।
श्रेष्ठ दम्पतीको १ लाख ६० हजार रुपैयाँ सहयोगमा कालिकापीठमा रहेको जयन्तेश्वर शिवालय, कालीमन्दिरको प्राङगणमा टायल्स लगाउने कार्य प्रारम्भ भएको पीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
लामो समय शिक्षण पेशामा सेवा गर्नुभएका दुर्गालाल श्रेष्ठ र उहाँकी श्रीमती सीता श्रेष्ठ शान्त स्वभाव, शालीन ब्यक्तित्व र समाजसेवीको रुपमा परिचित हुनुहुन्छ ।


कालिकापीठको १६ औं बार्षिक अनुष्ठानको पूर्वसन्ध्यामा पीठ परिषरको सौन्दर्य बृद्धिका लागि टायल्स लगाउने कार्य प्रारम्भ गरिएको उपाध्यक्ष डिल्लीराम दाहालले जानकारी दिनुभयो ।
विश्वशान्तिको कामना र निर्माणाधीन छात्रबासको सहयोगका लागि पीठमा आगामी मंसीर २२ गतेदेखि १६ औं वार्षिक अनुष्ठानको अवसर पारेर श्रीमद्ब्रह्माण्ड महापुराण आयोजना गरिदैछ ।
पुराणको तयारी भइरहेको अर्का उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पुराणमा प्रवचन कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजालले गर्नुहुनेछ भने पाठपारायण आ. रामप्रसाद मिश्र र भक्तिमय संगीत टिकाराम खनालको रहनेछ ।
बार्षिकोत्सवमा नित्य रुद्राभिषेक, हवन, तुलादान, वेद पाठपारायण, धनधान्याचल, गौपूजन, रात्रीकालीन जागरण लगायतका कार्यक्रम समेत तय गरिएको अर्का उपाध्यक्ष कर्णवहादुर तामाङले जानकारी दिनुभयो ।
बार्षिक अनुुष्ठान भब्य र सभ्य रुपमा सम्पन्न गर्न यसअघि नै विभिन्न उपसमितिहरु गठन गरिएको छ भने प्रचारप्रसारलाई तीब्र बनाइएको सचिव पं. भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।


अर्जुनधारा नगरपालिका–९ कालीस्थान चोकको पश्चिमोत्तरमा अवस्थित कालिकापीठमा काली भगवतीले असूरहरुको बध गर्ने क्रममा कञ्चनजंघा हिमायलबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोस्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कालीमाडीमा टेकेको शास्त्रीय प्रमाणसहित योगी नरहरीनाथले पुष्टी गर्नुभएको हो।
२०३३ सालमा पीठमा आयोजित बृहद आध्यात्मिक परिषद भेलामा योगी नरहरीनाथले दुर्गा सप्तसती र पूर्वीय वैदिक ग्रन्थहरुको शास्त्रीय प्रमाणसहित उक्त पुष्टी गरेपछि सिद्ध शक्तिपीठको रुपमा परिचित छ भने श्रद्धालु भक्तजनको अपार श्रद्धा, आस्था र विश्वास रहेको छ। पीठमा २०६७ सालयता गुरुकुल सञ्चालन हुँदै आएको छ । गुरुकुलमा बार्षिक ५५ अधिक बटुकहरु अध्ययन गर्दै आएका छन् ।
आ.व.२०५५÷०५६ मा ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति गठन भएपश्चात पीठ परिषरमा काली मन्दिर, जयन्तेश्वर शिवालय, अरुन्धती मातासहितको सप्तऋषि मन्दिर, हवनकुण्ड, नवग्रह मन्दिर, श्रवणहल, ब्राह्मण बटुकहरुको अध्ययनका लागि विद्यालय, अतिथि आवास, गौशाला लगायतका संरचना निर्माण भइसकेका छन् । बटुकहरुको आवासका लागि ९ महिनाअघि प्रारम्भ गरिएको छात्रबास हाल निर्माणाधीन रहेको सहसचिव रमेश रिजालले जानकारी दिनुभयो ।
समाजसेवी ब्यक्तित्व दलमान तामाङ (चैनपुरे बा)–ले प्रदान गर्नुभएको ११ कठ्ठा जग्गा र दानदाताको सहयोगबाट खरिद गरिएको ६ कठ्ठासहित १७ कठ्ठा जग्गा परिषरमा रहेको पीठमा विभिन्न दानवीर दाता र श्रद्धालु भक्तजनको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिदै आएको पीठका कोषाध्यक्ष खडानन्द खतिवडाले बताउनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालिकापीठमा श्रेष्ठ दम्पतीद्वारा टायल्स
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img