Homeखेलबाह्रघरेमा प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

बाह्रघरेमा प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता

शनिश्चरे । झापाको अर्जुनधारा–९ बाह«घरेमा आगामी पुस ५ गते प्रथम बाह«घरे आमन्त्रित अन्तर्राष्ट्रिय महिला तथा पुरुष कराँते प्रतियोगिता हुने भएको छ ।
नेपाल सितोरियो कराँते बाह«घरे डोजो समितिले स्थानीय प्राथमिक विद्यालयमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला कराँते संघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कराँतेका रेफ्री कुमार उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय महिला तथा पुरुषको हकमा ४० देखि ६० केजीसम्म तौल, नेपालका आमन्त्रित स्थानीय महिला तथा पुरुष खेलाडीको हकमा २५ देखि ६० केजी तौलसम्मका लाई सहभागी गराइने छ ।


कराँते प्रतियोगितामा भारत, भूटान र नेपालका आमन्त्रित डोजोबाट जम्मा १० वटा टिममा २०० जना खेलाडीहरुले भाग लिने बताइएको छ । प्रतियोगितामा विजेता हुने खेलाडीलाई नगद सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगिता बाह«घरे खानेपानी ट्याङ्कीको खेलमैदानमा सञ्चालन हुने उप्रेतीले जानकारी दिनुभयो । नेपा सितोरियो कराँते बाह«घरे डोजो समितिको अध्यक्ष नारद नेपालको अध्यक्षता तथा सरोज घिमिरेको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका कराँते प्रशिक्षकद्वय दुर्गाराज निरौला र कालु मेचे तथा स्थानीय प्रशिक्षक हेमलाल लाखे, टंकप्रसाद खतिवडा चन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलबाह्रघरेमा प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img