Homeसमाचारसैनिक महोत्सव आयोजक मुल समिति गठन

सैनिक महोत्सव आयोजक मुल समिति गठन

बिर्तामोड ११ माघ । बिर्तामोड नगरपालिका वडा नं. १० को पहिचानका रुपमा रहेको सैनिक महोत्सवको लगाउनेबारे आज पहिलो चरणको छलफल सम्पन्न भएको छ ।


व्यवस्थित रुपमा मेला सञ्चालनका लागि सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्यीय संयोजकत्वमा मेला आयोजक मुल समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा छविराम आचार्य, सचिवमा खसबराज भट्टराई, सहसचिवमा लछी देवान र कोषाध्यक्षमा गायत्रा श्रेष्ठलाई चयन गरिएको छ ।
वडा कार्यालयको सभाहलमा आयोजित वडा नं १० का टोलसमितिका पदाधिकारी तथा प्रतिनिधिहरु, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, सामुदायिक तथा निजी विद्यालयका प्रधानअध्यापक, शिक्षक तथा अभिभावकहरु, वडाका पूर्व जनप्रतिनिधि स्थानीय अग्रजहरुको भेलाले मूल समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा भोलानाथ पाण्डे, खड्कबहादुर गुरुङ, देवमान लोक्ताम, दिमानप्रसाद राई, देवीकुमारी लिम्बू, सावित्रा राजवंशी, तारा आपागाँई र देवेन्द्र दर्नाल रहेका छन् । २०८१ फागुन ७ गतेदेखि महोत्सव शुरु हुने बताइएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको भेलालाई वडा सदस्य पृथ्वीबहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो भने स्वागत दिपीका शिवाले गर्नुभएको थियो । मेला आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै वडाध्यक्ष गुरुङले मेलालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पहिचानका रुपमा रहेको महोत्सवका बारेमा फैलाइएको केही भ्रमपूर्ण कुराहरुलाई अघिल्ला दुई महोत्सवले चिरेको भएपनि मर्यादित र व्यवस्थित रुपमा मेला सञ्चालनका लागि समिति गठन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
बिर्तामोड नगरपालिका १० नं. वडाको पहिचानका रुपमा रहेको सैनिक महोेत्सवलाई वडाले अपनत्व ग्रहण गर्दै २०७५ सालमा पहिलो पटक वडा समितिको निगरानीमा महोत्सव सञ्चालन भएको थियो ।
त्यस अघिदेखि नै महोत्सव सञ्चालन हुदै आएको अवस्थामा वडा समितिको निर्णयपछि व्यवस्थित रुपमा मेला सञ्चालन हुँदै आएको बताइएको छ । वडा समितिको निर्णयपछि २०७५ सालमा मेला लागेपनि त्यसपछि विश्वब्यापी रुपमा प्रभावित पार्ने गरी फैलिएको कोभिड संक्रमणका कारण मेला सञ्चालन हुन सकेको थिएन् । कोभिडपछि एकपटक सञ्चालन भएको सैनिक महोत्सवको यो तेस्रो श्रृङ्खला हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसैनिक महोत्सव आयोजक मुल समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img