Homeसमाचारबिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सव शुरु

बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सव शुरु

बिर्तामोड ८ माघ । झापाको बिर्तामोडमा अन्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन गर्नु हुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्रदेशीय राजमार्ग ९एसियन हाइवे० को निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्री कार्कीको भनाई छ ।
प्रदेश सरकारले २०८० साललाई पर्यटन वर्ष घोषणा गरिसकेको छ । स्थानीय उत्पादन र स्वरोजगार मुलक उद्यमको प्रर्वद्धनमा पर्यटन वर्षले थप टेवा दिने उहाँले विश्वास दिलाउनुभयो । लगानी सम्मेलन र चिया सम्मेलन समेत गरिने आगामी वर्ष दश करोड भन्दा माथिका सामुहिक योजना सरकारसमक्ष पेश गर्न उद्योगी व्यवसायीलाई उहाँको आग्रह छ । उहाँले कोशी प्रदेशमा तीन वटा पदमार्गका लागि बजेट विनियोजन गरिसकेको पनि जानकारी गराउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको प्रर्वद्धन तथा होटल व्यवसाय सहयोगी बन्न सक्ने भन्दै अन्यत्रभन्दा झापा जिल्ला प्रचुर सम्भावनाको क्षेत्र रहेको मुख्यमन्त्री कार्कीको दावी छ ।
कार्यक्रममा बोल्दै खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने आशा व्यक्त गर्नुभयो ।
संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्योगी व्यवसायीलाई सहजता प्राप्त हुनेगरीको वातावरण तयार गर्न सरकार समक्ष माग गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रर्वद्धनका लागि सरकारका तीन वटै तह जिम्वेवार हुनु पर्ने बताउनुभयो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाई,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक विशाल थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यस अघि संघको कार्यालयबाट उद्योगी व्यवसायीहरु तथा सुवेक्षुकहरुको समूह विभिन्न झाँकीहरु सहित नगरपरिक्रमा गर्दै महोत्सवस्थल पुगेको थियो ।
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सवलाई एपोलो पेन्ट्सले मुख्य प्रायोजन गरेको महोत्सव अनुगमन समिति संयोजक गोमा भट्टराईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सव शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img