Homeसमाचारडिजिटल रिपोर्टिङ तालिम सम्पन्न, महासंघलाई सम्मान

डिजिटल रिपोर्टिङ तालिम सम्पन्न, महासंघलाई सम्मान

बिर्तामोड ४ माघ । महिला पत्रकारहरुलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ तालिम सम्बन्धी तीनदिने तालिम समापन तथा नेपाल पत्रकार महासंघ झापा शाखा तथा महासंघका विभिन्न तहमा निर्वाचित समितिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
झापाको बिर्तामोडस्थित अर्किड होटलमा सञ्चालित तालिम समापन तथा सम्मान कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रसाईले स्वदेशमै केही गरौं भनेर जागरुकता सञ्चार हुने प्रकृतिका समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो ।
कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरु संकटमा पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रसाईले देशमा भएका संभावनालाई उजागर गर्दै युवाशक्तिलाई स्वदेशमै केही गर्न उत्प्रेरित गर्न सञ्चारको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिसंग खेल्न नसके पत्रकारिता आफैंमा भुत्ते भएर जाने उल्लेख गर्दै डिजिटल प्रविधि आजको आवश्यकता भएको बताउनु भयो । प्रतिपष्र्धात्मक क्षमता विकास गर्न नसके परम्परागत सिपले मात्र पत्रकारितालाई भुत्ते बनाउने धारणा राख्नुभयो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरपरिषद सदस्य निर्मला ल्वागुन, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड उद्योग बाणिज्य संघ अन्तरगत उद्यमी महिला समूहकी अध्यक्ष राधिका चुँडाल हुमागाँई, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सर्मिला अधिकारी, उद्यमशिलताको सशक्तिकरण अभियान्ता निर्मला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा प्रशिक्षार्थी कृष्णकुमारी बस्नेत र गणेश कोइरालाले उपलब्धीमुलक भएको प्रतिक्रिया दिंदै तालिमको समयावधी छोटो भएको बताए । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेसहित अतिथिहरुले लगायतले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
खोज पत्रकारिता सम्बन्धी संस्था निमजेनका प्रमुख रजनीस भण्डारी, दिनेश रेग्मी, अधिवक्ता तारामणी सापकोटा र सावित्रा दाहालले सहजीकरण गरेका थिए ।
महासंघको नवनिर्वाचित कार्यसमितिसहित पदाधिकारी, राष्ट्रिय परिषद सदस्य तथा प्रदेश परिषद सदस्यको सम्मान कार्यक्रममा अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदिप परियार, सहसचिव रमेश तिवारी, तीलक योञ्जन, मनकुमार गदाल, भूमिराज पराजुली, राष्ट्रिय परिषद सदस्य विशाल नेम्वाङ, प्रदेश परिषद सदस्यहरु रश्मिशेखर सुवेदी र राम निरौला लगायतको उपस्थिति रहेको थियो ।
आयोजक संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा टेवाबारे जोसना श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने स्वागत दिपा पोखरेलले गर्नुभएको थियो ।
तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका २५ जना महिला पत्रकारको सहभागिता रहेको थियो ।
यसअघि माघ २ गते नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले तालिमको समुद्घाटन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारडिजिटल रिपोर्टिङ तालिम सम्पन्न, महासंघलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img