Homeसमाचारमहिला संघको महाधिवेशन चैत मसान्तभित्र

महिला संघको महाधिवेशन चैत मसान्तभित्र

बिर्तामोड २८ पुस । लामो समयदेखि स्थगित रहेको नेपाल महिला संघको निर्वाचन आगामी चैत मसान्तसम्ममा सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम झापामा क्रियाशिल सदस्यता नवीकरण एवं नयाँ वितरण कार्य आगामी माघ २० गतेसम्ममा गरिसक्ने निर्णय भएको छ ।
नेपाल महिला संघ झापाका अध्यक्ष टिका सिटौला मैनालीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्यद्वय सुशिला ढकाल आचार्य, गोमा भट्टराई, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, महिला संघ केन्द्रीय सदस्य राधा कार्कीको विशेष आतिथ्यमा सम्पन्न भेलाले आगामी माघ २० गतेसम्ममा क्रियाशिल नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो ।
महिला संघ झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय अध्यक्षहरु, गाउँ÷नगर अध्यक्षहरु सहभागी भेलालाई सम्बोधन गर्दै महिला संघका निवर्तमान केन्द्रीय सदस्य एवं निवर्तमान झापा अध्यक्ष सुशिला ढकाल आचार्यले भातृ संघसंस्थाहरु बलियो र सक्रिय भएमात्रै पार्टी बलियो हुने बताउँदै महिला संघलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले राजनीति एवं हरेक क्षेत्रमा महिलाहरुलाई अवसर दिएर सशक्त बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले क्रियाशिल सदस्यता नवीकरण सतप्रतिशत नहुने बताउँदै सम्भव भएसम्म धेरैको नवीकरण गर्न र नयाँ सदस्यता बढाएर संगठनलाई मजबुद बनाउन महिला नेतृहरुलाई आग्रह गर्नुभयो ।
नेपाल महिला संघ केन्द्रीय सदस्य राधा कार्कीले टोल र वडाकेन्द्रित कार्यक्रम गरेर महिलाहरुलाई राजनीतिप्रति आकर्सित गर्नुपर्ने बताउनुभयो ।
भेलामा महिला संघ अर्जुनधारा नगर समितिका कार्यबाहक अध्यक्ष प्रभा नेपाल, हल्दिबारी गाउँ समिति अध्यक्ष प्रतिमा भुजेल, कचनकबल गाउँ समिति अध्यक्ष शेलेतुन खातुन, शिवसताक्षी नगर अध्यक्ष लोचना लावती, १ नम्बर क्षेत्रीय अध्यक्ष रचना घिमिरे, २ नम्बर क्षेत्रीय अध्यक्ष मनु विश्वकर्मा, ३ नम्बर क्षेत्रीय अध्यक्ष उर्मिला गौतमलगायतले विभिन्न जिज्ञाशा राख्नुभएको थियो । भेलामा सहजीकरण महिला संघ झापाका सचिव उर्मिला ढकाल पोखरेलले गर्नुभएको थियो ।
लामो समयदेखि स्थगित रहेको महिला संघको महाधिवेशन आगामी चैत मसान्तसम्ममा सक्ने नेपाली कांग्रेस केन्द्रीय समितिको यसअघिको बैठकले गरिसकेको छ । निर्वाचन सम्पन्न गर्नका लागि प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति समेत बनिसकेको छ । निर्देशन समिति र महिला संघ केन्द्रीय समितिको पौष २२ गते सम्पन्न संयुक्त बैठकले यथाशिघ्र क्रियाशिल सदस्यता नवीकरण र नयाँ वितरण कार्य सम्पन्न गर्न नेपाल महिला संघका सबै जिल्ला समितिहरुलाई निर्देशन गरिसकेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला संघको महाधिवेशन चैत मसान्तभित्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img