Homeसमाचारमहिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा अधिकारी, दुई उद्यमी पुरस्कृत

महिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा अधिकारी, दुई उद्यमी पुरस्कृत

बिर्तामोड २२ पुस । महिलालाई उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुका साथै आर्थिक उपार्जनसमेत गर्न प्रेरित गर्ने संकल्पसहित परम्परागत सीपको संरक्षण र प्रवद्र्धधनात्मक कार्यक्रमहरु गर्दै आएको महिला उद्यमी संघ नेपाल झापाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट संस्थाको अध्यक्षमा सर्मिला अधिकारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा युनिता दवाडी, महासचिवमा दिपा श्रेष्ठ, सह–सचिव पुनम अधिकारी र कोषाध्यक्षमा उमा पोखरेल चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा लक्ष्मी मिश्र, बोलो राजवंशी, अञ्जु निरौला, गोमा पोखरेल, विष्णु श्रेष्ठ, पुष्पा पोखरेल र हेलेन खरेल निर्वाचित भएको निर्वाचन समिति संयोजक नैनकला भट्टराईले जानकारी दिनुभयो ।
संस्थाले एक वर्षको अवधीमा महिलाहरुलाई लक्षित गरी, कटाई सिलाई, कपूर धागो बनाउने, रेक्जीन कपडाको झोला बनाउने तालिम सञ्चालन गर्नुका साथै उत्पादित सामानको बजारीकरणका लागि डिजिटल मार्केटिङ तालिम सञ्चालन गरेको जनाएको छ ।
त्यसैगरी परम्परागत सिप हस्तान्तरण गर्ने प्रयास स्वरुप संस्थाले विद्यालय तहका विद्यार्थीलाई सालका पत्ताको दुना टपरी बनाउने तालिम समेत सञ्चालन गरेको थियो । संस्थाले आफ्नै पहल, सहयोगी दाताहरुसंगको समन्वयमा तालिम सञ्चालन गरेको संस्थाकी अध्यक्ष शुष्मा पौडेलद्वारा नवौं बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महिला उद्यमी संघ नेपालकी केन्द्रीय अध्यक्ष सोभा ज्ञवालीको प्रमुख आतिथ्य तथा शाखाकी अध्यक्ष शुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुई उत्कृष्ट उद्यमीलाई नगद राशीसहित पुरस्कृत गरिएको थियो ।
महिला उद्यमी संघ नेपाल झापामार्फत सप्तकोशी डेभलपमेन्ट बैंकद्वारा प्रदान गरिने सप्तकोशी सफल महिला उद्यमी पुरस्कारबाट दिपा खरेललाई नगद २० हजार राशीसहित पुरस्कृत गरिएको छ । पुरस्कृत खरेललाई सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख दिनेस पोखरेल तथा बिर्तामोड शाखाका प्रमुखसहित उपस्थित अतिथिले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी संस्थामार्फत नै वितरण गरिंदै आएको एक्सेल उत्कृष्ट उद्यमी अवार्डबाट नगद १५ हजारसहित जमुना राई पुरस्कृत हुनुभएको छ । राईलाई एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख डा. इन्द्र कट्टेलसहित अतिथिहरु पुरस्कार राशी प्रदान गर्नुभएको थियो ।
सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकले विगत केही वर्षयता उद्यमशीलताको प्रवद्र्धनका लागि महिलालाई प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट महिलाहरुलाई सम्मान स्वरुप पुरस्कृत गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली, संघकी तृतीय उपाध्यक्ष बासन्ती प्रधान बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाई, सप्तकोशी बैंकका कार्यकारी प्रमुख पोखरेल, एक्सेल डेभलपमेन्ट बैंकका प्रबन्धक डा. कट्टेल , नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नारी संकल्पकी अध्यक्ष तुलसा मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाकाे अध्यक्षमा दाेस्राेपटक निर्वाचित अध्यक्ष गिरीलाई सम्मान पत्रद्वारा सम्मान समेत गरिएकाे थियाे ।
संस्थापक अध्यक्ष गोमा भट्टराईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको युनिता दवाडीले सञ्चालन र सर्मिला अधिकारीले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला उद्यमी संघ नेपाल झापाको अध्यक्षमा अधिकारी, दुई उद्यमी पुरस्कृत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img