Homeसमाचारकांग्रेसको सयदिने अभियान: मेचीनगरमा भेला सम्पन्न

कांग्रेसको सयदिने अभियान: मेचीनगरमा भेला सम्पन्न

मेचीनगर २१ पुस । नेपाली कांग्रेस झापा क्षेत्र नं–१ को क्षेत्रीय भेला आज मेचीनगरमा सम्पन्न भएको छ । सयदिने विशेष सांगठनिक अभियान अन्तरगत आयोजित भेला कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रमुख अतिथिको आशनबाट बोल्दै महामन्त्री शर्माले पार्टी संगठनको नेतृत्व प्राप्त गर्ने ब्यक्ति र जनप्रतिनिधिहरुले प्राप्त मतको सम्मान हुनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
‘पाएको मतको सम्मान हुने गरी काम गरौं’–शर्माले भन्नुभयो–‘प्राप्त मतको सम्मान गरेर काम गरे पुग्छ । जनअपेक्षा अनुसारका काम गरौं, पार्टी संगठनभित्र जिम्मेवारी प्राप्त गर्नेले संगठन बलियो बनाउनुहोस्, जनप्रतिनिधि बनेकाले जनताको भावना अनुसारको काम गरौं ।’
पार्टीको महाधिवेशन समयमै गर्ने बताउँदै उहाँले यही ब्यवस्थाभित्र रहेर संविधान संसोधन गरिने बताउँनु भयो । एक ब्यक्ति दुईपटकमात्रै प्रधानमन्त्री बन्ने ब्यवस्था गरिनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमका विशेष अतिथि एवं कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराइले पार्टीलाई सशक्त बनाउने चिन्ता कार्यकर्तालाई रहेको बताउनुभयो । अधिकार माग्ने मात्रै होइन, खोज्न र खोस्न सक्नुपर्ने धारणा राख्दै उहाँले युवालाई नेतृत्वमा पु¥याउन सके युवामा आस जाग्ने र पार्टी रुपान्तरण हुने मत राख्नुभयो।
कांग्रेस सभापति देउकुमार थेवेले केन्द्रीय कार्यक्रमलाई सफल सञ्चालन गर्ने मात्रै होइन, जिल्लाले काम गर्दा टोलसम्मकै क्यालेन्डर तयार पारेर जिम्मेवारी दिएको र काम गरिरहेको बताउनुभयो । जिम्मेवारी बुझेर काम गर्न तल्लो निकाय र नेतृत्वलाई आग्रह गर्दै थेवेले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सके पार्टीका धेरै समस्या हल हुने स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले तल्लो तह र गाउँसम्म जाने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । नेताहरुले पद लिएको जिम्मेवारी पूरा नगरेको उहाँको जिकिर थियो ।
कोशी प्रदेश समिति सदस्य शोभा श्रेष्ठ नेम्वाङले प्रतिनिधिमुलक रूपमा संकुचित गरेर प्रमुख नेतृत्वमा महिलालाई लान नचाहेको बताउनुभयो ।
१ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य राम कट्टेल, मेचीनगर सभापति सुदय पनेरु, शेरबहादुर राय, कृष्ण आचार्य, हर्क फियाक, त्रिभुवन चौधरी , शरद शिवाकोटी, ध्रुव कनाल देवेन्द्र गौतम , भूमी पौडेल , लालबहादुर धिमाल , सूर्यप्रकाश उप्रेती, वेदनिधी खनाल, चेतनाथ भट्टराई, प्रज्वल कार्की, गोविन्द लम्साल लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले पदीय दायित्वले तलमाथि भएपनि इज्जत र सम्मानले समान हुनुपर्ने, गुटउपगुटको अन्त्य गर्नुपर्ने, सर्वसम्मतका नाममा लोकतान्त्रिक अभ्यासबाट गर्न नदिने काम पूर्णरूपमा रोकिनु पर्ने, जनसेवामा नेता समर्पित हुनुपर्ने धारणा राखेका थिए । पार्टीको भविष्य पार्टी नेतृत्व, जनप्रतिनिधि र सांसदहरुको कार्यसम्पादनमा निहित रहेको बताउँदै संविधान संशोधन गर्दा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिवद्वय सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराइले सञ्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसको सयदिने अभियान: मेचीनगरमा भेला सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img