बिर्तामोड २० पुस । श्रीगौरवशाली बचत तथा ऋण सहकारी संस्थाको १५ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा बचत तथा ऋण सहकारी कोशी बरिष्ठ उपाध्यक्ष चन्द्रकला खड्का भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत तथा ओैचित्यमाथि उपाध्यक्ष युवराज विमलीले प्रकाश पार्नु भएको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष लवकुमार चौधरीले प्रस्तुत गरेको कार्यक्रममा लेखा समितिका संयोजक नथुनीप्रसाद साहले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
२०६६ सालमा ३९ जना सदस्यहरू संगठित भई आठ लाख ६९ हजार ६ सय शेयर रकमबाट शुरू भएको गौरवशाली बचत तथा ऋण सहकारी संस्थाको गत आर्थिक वर्षसम्ममा ९४ लाख ३४ हजार दुई सय रूपैयाँ शेयर पूँजी पुगेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थामा हाल एक हजार सातसय एकजना शेयर सदस्य रहेका छन् ।
संस्थाले गत आवमा ६ लाख पाँचसय ३० रूपैयाँ मुनाफा गरेको संस्थाले चालू आवमा सुत्केरी पोषण सेवामा रकम बढाएर डबल बनाएको छ । संस्थाले ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप सामाजिक सुरक्षा कोष समेत लागु गरेको सो अवसरमा जानकारी दिइएको थियो ।
कार्यक्रममा असल ऋणी विकास चौधरी, अनिताकुमारी राजवंशी र रेशकुमार आङबुहाङ, असल बचतकर्ताहरु सन्तोषकुमार गुप्ता, सरोज भण्डारी, रिना सुवेदी, प्रिती राजवंशी, विरला चौधरी, ज्येष्ठ नागरिक दुनासरी चौधरीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ठ कर्मचारीको रुपमा अनिता चौधरी सम्मानित हुँदा उत्कृष्ठ बालबचतकर्ताहरु साइरा चौधरी र अनमोल यादवलाई सम्मान गरिएको थियो ।
त्यसैगरी साहसी महिलाको रुपमा मिरा खड्कालाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । संस्थाकी सचिव समेत रहेकी खड्काले यसै वर्ष सफलतापूर्वक हिमाल आरोहण गर्नुभएको थियो । कार्यक्रममा संस्थाकै कर्मचारी किरण थारुलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी शेयर सदस्यका छोराछोरी मध्येबाट २०८० को एसइइ परिक्षामा उत्कृष्ठ हुने मिनाक्षी राई र प्राची देवलाई उत्कृष्ठ विद्यार्थीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, नेफ्स्कुनका विर्तामोड प्रतिनिधि बिनोद न्यौपाने, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शुष्मा पौडेल, टंक कटुवाल, सल्लाहकार पुष्पलाल चाैधरी, देवेन्द्र सिंह लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिरा खड्काले
गर्नुभएको थियो ।
गौरवशाली साकोसको १५ औं बार्षिक साधारणसभा सम्पन्न



















