HomeFeatured 2अर्जुनधारा जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठानको आय–व्यव सार्वजनिक

अर्जुनधारा जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठानको आय–व्यव सार्वजनिक

अर्जुनधारा १० पुस । अर्जुनधारा जलेश्वरधाममा गत मंसिर ८ गतेदेखि १५ गतेसम्म सञ्चालित ४२ औं बार्षिक अनुष्ठानको आयव्यय सार्वजनिक गरिएको छ ।
धाम परिषरमा आज आयोजित पत्रकार सम्मेलनमा धामका कोषाध्यक्ष मनोज जोशीले अनुष्ठानमा भएको आम्दानी तथा खर्चबारे जानकारी गराउनु भयो ।
धामका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा प्रस्तुत आय व्यय अनुसार कुल संकलित एककरोड ४४ लाख ३८ हजार दुईसय चार रुपैयाँ मध्ये ९१ लाख ५६ हजार सातसय ८३ रुपैयाँ खर्च हुँदा ५२ लाख ८१ हजार चारसय २१ रुपैयाँ बचत भएको उल्लेख गरिएको छ ।
दुईकरोड १६ लाख आठहजार रुपैयाँ आम्दानी अनुमान गरेकोमा वास्तविक आम्दानी एककरोड ४४ लाख ३८ हजार दुईसय चार रुपैयाँ हो ।
धामसमितिले संस्थाको ४२ औं बार्षिक अनुष्ठान अन्तरगत बाला चर्तुदशीको समय पारेर सप्ताहब्यापी अष्टोत्तरशत् भागवत कथा पाठपारायण सञ्चालन गरेको थियो ।
पत्रकार भेटघाटमा धामका मुल अर्चक अग्नी सिग्देलले बार्षिक अनुष्ठान भब्यताका साथ सफल भएको बताउनु भयो ।
त्यस्तै अध्यक्ष नविन गट्टानीले आर्थिक कारोवारका हिसाजलले अध्यक्ष नविनले सञ्चार क्षेत्रको सक्रियताका कारण अनुष्ठान सफल भएको बताउँदै गट्टानीले प्रत्येक वर्ष शिवरात्रीमा गरिंदै आएको एक साँझ शिवको माझ कार्यक्रमले यो पटक पनि निरन्तरता पाउने जानकारी दिनुभयो । पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वर धाममा शिवरात्रीमा पनि विशेष कार्यक्रम गर्ने उहाँको भनाई छ ।
४२ औं बार्षिक अनुष्ठानका प्रचार–प्रशार संयोजक निरज ओली लगायतको उपस्थिति रहेको सो अवसरमा पत्रकार सम्मेलनको सहजीकरण धामसमितिका महासचिव शिवलाल खतिवडाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2अर्जुनधारा जलेश्वरधामको ४२ औं बार्षिक अनुष्ठानको आय–व्यव सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img