Homeसमाचारमहासंघमा निर्वाचित संस्थाका सदस्यलाई बधाई तथा शुभकामना

महासंघमा निर्वाचित संस्थाका सदस्यलाई बधाई तथा शुभकामना

बिर्तामोड ६ पुस । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको छ ।
सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु महासंघको गत मंसिर २८ गतेको निर्वाचनबाट प्रदेश तथा जिल्ला शाखामा निर्वाचितलाई संस्थाको नियमित बैठकमा सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको नियमित बैठकमा खादा माला र अविर पहिर्याएर बधाई तथा कार्यकाल सफलताको कामना गरिएको थियो । सो क्रममा पत्रकार महासंघको कोशी प्रदेश उपाध्यक्ष (महिला) मा निर्वाचित नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले सांगठानिक रुपमा महासंघ ठूलो भएपनि सञ्चार गृह आफ्नो घर भएको उल्लेख गर्दै घरलाई दर्विलो बनाउन आफ्नो त्यत्तिकै भूमिका रहने बताउनु भयो ।
सञ्चार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महासंघलाई सफल बनाउन र आगामी दिनमा महिला नेतृत्व स्थापित गर्ने गरी सकारात्मक र रचनात्मक तरिकाले काम गर्न सुझाउनु भयो ।
सो अवसरमा अध्यक्ष रेजिना गौतमले सफल कार्यकालका लागि सकारात्मक भूमिका निर्वाह गर्न र महिला पत्रकारको पेशागत क्षमता विकासका कार्यक्रम ल्याउन भूमिका खेल्न सुझाव दिंदै घरलाई राम्रो र बलियो बनाउन पहिलो प्राथमिकतामा राख्न आग्रह पनि गर्नुभयो ।
नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भण्डारी पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष, कार्यसमिति सदस्य विनिशा शर्मा नेपाल पत्रकार महासंघ झापा शाखाको उपाध्यक्ष, कोषाध्यक्ष स्वस्तिका आचार्य सदस्य, निवर्तमान सचिव भूमिका सुब्बा, कार्यसमिति सदस्य ईशा प्रधान र अस्मिता साँखी जिल्ला सदस्यमा निर्वाचित भएको सचिव मायामितु न्यौपानेले जानकारी दिनुभयो ।
बैठकमा संस्थाको तर्फबाट टेवा नेपालको तालिममा सहभागि जोस्ना श्रेष्ठले तालिम प्रदान गर्दा ध्यान दिनुपर्ने प्राथमिकताका विषय, टेवाको कोष संकलन र महिलाको परिकल्पनामा गरिएको उदाहरणीय कार्यबारे जानकारी गराउनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहासंघमा निर्वाचित संस्थाका सदस्यलाई बधाई तथा शुभकामना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img