HomeFeatured 2काशीमणि पितृस्मृति समूहद्वारा प्रतियोगितात्मक गीता वाचन

काशीमणि पितृस्मृति समूहद्वारा प्रतियोगितात्मक गीता वाचन

अर्जुनधारा मंसिर । गीता जयन्तीको अवसर पारेर काशीमणि पितृस्मृति समूहले प्रतियोगितात्मक गीता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
अर्जुनधारा–९ स्थित भगवद्भक्ति आश्रममा आयोजित जयन्ती समारोहमा झापाका विभिन्न संस्कृत पाठशालामा अध्ययरत आठवटा गुरुकुलका १८ वर्ष मुनिका १६ जना बटुकहरुले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा अर्जुनधारा संस्कृत माविका कृजल नेपाल प्रथम, शंकराचार्य वेद विद्या पीठ साधुटार हेमन्त अधिकारी दोस्रो, साङ्गबेद संस्कृत मावि, चारपानेका सार्थक बराल तेस्रो र माधव संस्कृत मावि, सहरेडाँगीका सोमनाथ निरौला सान्त्वना भएका थिए ।
लोकनाथ पौड्यालको प्रमुख आतिथ्यता तथा तुलसीराम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा हरिनारायण भट्टराई र मोक्ष खतिवडाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उत्कृष्ठलाई प्रमुख अतिथिका हातबाट प्रमाण पत्र र पुरस्कार दिइएको प्रतियोगितामा सहभागिलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
उक्त अवसरमा गोपी प्रसाई, हरिनारायण भट्टराई, मोक्ष खतिवडा, मीना अधिकारी, रेनु बाशिष्ठ लगायतसहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको आयोजक समूहका विष्णुकुमार भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन गणेश भट्टराइले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2काशीमणि पितृस्मृति समूहद्वारा प्रतियोगितात्मक गीता वाचन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img