Homeसमाचारपार्टी संगठन बलियो बनाउन अभियानको भूमिका महत्वपूर्ण’

पार्टी संगठन बलियो बनाउन अभियानको भूमिका महत्वपूर्ण’

शिवसताक्षी १ पुस । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विशेष सांगठनिक अभियानले पार्टी संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको भेलालाई सम्बोधन गर्दै सभापति थेवेले झापाका अधिकांश वडा भेला समापन गरेर पालिका तहको भेला जारी रहेको बताउँदै क्षेत्रीय भेलाको पनि तयारी भइरहेको जानकारी दिनुभयो । सभापति थेवेले पौष ६ गतेदेखि १० गतेसम्म क्षेत्रीय भेला तय भइसकेको बताउँदै त्यसअघि नै गाउँ/नगर भेला सम्पन्न गरिसक्न तहगत समितिलाई आह्वान गर्नुभयो । उहाँका अनुसार पौष १६ गते झापाको कचनकबलबाट अभियान समापन गरी कोशी प्रदेशस्तरीय कचनकबल–सगरमाथा यात्रा शुरु हुनेछ ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं विशेष अतिथिद्वय उत्तम चम्लागाई र केशवराज पाण्डे, महासमिति सदस्यद्वय भक्ति सिटौला र खड्ग कार्की,  सहसचिव कमल भण्डारी, महाधिवेशन प्रतिनिधि पर्शुराम ढुङ्गाना र मिता सिटौला, जनप्रतिनिधिको तर्फबाट शिवसताक्षी–८ का वडाध्यक्ष मनोज खुलाल कार्की, क्षेत्रीय उपसभापति विनोद ढकाल, क्षेत्रीय प्रतिनिधि जयकुमारी चेम्जोङ, लगायतले मन्तब्य राख्दै विशेष सांगठनिक अभियानले संगठनभित्र रहेका कमीकमजोरी अन्त्य गरेर एकढिक्का भई हिड्न प्रेरित गरेको बताउनुभयो ।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिका सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तकुमार फेउदेन ले र सञ्चालन होमप्रसाद दुलालले गर्नुभएको  नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
यसैगरी नेपाली कांग्रेस कमल गाउँ समितिको गाउँभेला आज सम्पन्न भएको छ । नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि पौष १६ गतेसम्म तय गरेको विशेष सांगठनिक अभियान अन्तरगत नेपाली कांग्रेसले गाउँ÷नगर भेलालाई तिब्रता दिएको हो ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य एवं कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, सहसचिव एवं जिल्ला प्रतिनिधि कमल भण्डारी, महाधिवेशन प्रतिनिधि राजन ढुङ्गाना, जिल्ला सदस्य सरस्वती सेढाई, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, प्रदेशसभा क का सभापति जीवन राई, प्रदेशसभा ख का सभापति रवि न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नेपाली कांग्रेस कमल गाउँ समितिका सभापति खगेन भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पदम निरौला र सञ्चालन महेन्द्र बुढाथोकीले गर्नुभएको थियो । यसअघि झापाको बुद्धशान्ति, भद्रपुर, कचनकबल, हल्दिबारी गाउँ÷नगर समितिको भेला सम्पन्न भइसकेको छ भने दमक नगरसमितिले पौष ३ गते र अर्जुनधारा नगर समितिले आगामी ४ गतेका लागि भेला तय गरिसकेको छ । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपार्टी संगठन बलियो बनाउन अभियानको भूमिका महत्वपूर्ण’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img