Homeसमाचारसवारी दुर्घटनामा घाइते चारजनाको मृत्यु

सवारी दुर्घटनामा घाइते चारजनाको मृत्यु

दमक १ पुस । झापाको दमक र शिवसताक्षीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चारजनाको मृत्यु गएको छ भने दुईजना घाइते भएका छन्। दमकमा मोटरसाइकल अनियन्त्रित हुँदा तीनजनाको मृत्यु भएको हो । आइतबार बेलुका लगभग १०ः१० बजे दमक–१० सेतुमारी चोक नजिक भित्री सडकखण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मोरङ रतुवामाई–८ का २७ वर्षीय विराज थापा, मोटरसाइकलमा सवार गौरादह–५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राई भनिने ओमकुमारी राई घाइते भएका थिए। उनीहरूलाई तत्काल बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा तीनैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
त्यस्तै शिवसताक्षीमा ट्रयाक्टरसँग ठोक्किँदा एकजनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा भएको अर्को दुर्घटनामा मेचीनगर–५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको हो ।
आइतबार साँझ लगभग ७ बजे मे ९ प ६२४ नम्बरको मोटरसाइकल डाइभर्सनमा रोकिराखेको अवस्थामा को. २ त ४१४५ नम्बरको ट्रयाक्टरको पछाडिको भागमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक लिम्बू गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
मोटरसाइकलको पछाडि बसेकी दमक–५ की ३५ वर्षीया अनिता राईको उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रयाक्टर कालिका कन्स्ट्रक्सनको भएको जानकारीसमेत प्राप्त भएको छ। ट्रयाक्टर चालक मोरङ सुन्दरहरैचा नगरपालिका वडा न.१ लक्ष्मीपुर बस्ने ३३ वर्षीय सुरेन उराउलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको प्रहरीको भनाइ छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसवारी दुर्घटनामा घाइते चारजनाको मृत्यु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img