Homeसमाचारगौतम बन्धुद्वारा आयोजित रक्तदानमा ३९ पिन्ट रगत संकलन

गौतम बन्धुद्वारा आयोजित रक्तदानमा ३९ पिन्ट रगत संकलन

बिर्तामोड ३० मंसिर । आज धान्यपूर्णिमा । आजको दिन प्रायः जसो विभिन्न गोत्रीय बन्धुहरुले गोठको पूजा गर्ने गर्दछन् । दाजु भाई भेला हुने र कूल तथा गोठको पूजा गर्ने चलन अनुसार नै झापाको कोटी होममा विभिन्न गोत्रीय दाजुभाई भेला भएर गोठको पूजा गरेका छन् । उधौली पर्वका रुपमा चिनिने यो पूर्णिमाका दिन किराँत समुदायले साकेला शिली मनाउने गर्दछन् ।
सोही अनुसार कोटीहोम परिषर मेलामय बनेको देखिन्थ्यो । गौतम बन्धु समाज, प्रसाई बन्धु लगायत कोटीहोममा भवन भएका अधिकांस बन्धु समाजको बन्धु भेला, गोठधुपसंगसंगै अन्य रचनात्मक कार्यक्रम समेत गरेर मनाएका छन् ।
गौतम समाज झापाको आयोजनामा गोठपूजा संगै रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षता तथा निवर्तमान अध्यक्ष हरिप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापाका कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिनुभयो ।
सो अवसरमा बन्धु समाजको भवन निर्माण, भौतिक सामग्री तथा नगद प्रदान गर्ने दाता महानुभावहरुलाई सम्मान गरिएको थियो । चारजना ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । सम्मानितलाई सम्मान पत्र र दोसल्लाद्वारा प्रमुख अतिथि गौतम, अतिथि कोटीहोम धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष शेरबहादुर थापासहितले सम्मान प्रदान गर्नुभएको थियो ।
उर्मिला गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन गौतम समाजका सचिव सोमनाथ गौतमले गर्नुभएको थियो ।बन्धु भेलामा यसअघि चार दशकदेखि बंशावली संकलन गर्दै आएका खेमलाल गौतमले प्रकाशनार्थ संकलित तथ्य तथ्याङ्कहरुको अभिलेखसहितको दस्तावेज उहाँका छोरा ओमप्रकाश गौतमले बन्धु समाजका कार्यवाहक अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो । गौतम बन्धुको बंशावली प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका गौतमको यसैसाल निधन भएपछि स्वर्गिय खेमलालका छोराले बन्धुहरुका अभिलेखिकरण गरिएको दस्तावेज समाजलाई हस्तान्तरण गर्नुभएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगौतम बन्धुद्वारा आयोजित रक्तदानमा ३९ पिन्ट रगत संकलन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img