बिर्तामोड २८ कात्तिक । बिर्तामोडमा मुख्य कार्यालय रहेको साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गर्नुभएको थियो । विशेष अतिथि जिल्ला सहकारी संघ झापाका सदस्य केशव बस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक विवेक डाँगी, झापा जिल्ला सहकारी संघका सदस्य केशव बस्नेत, नयाँ उज्यालो साकोसकी अध्यक्ष सुस्मा भण्डारी पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चारहजार पाँचसय २६ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी छकरोड ६८ लाख एकसय रूपैयाँ, निक्षेप २६ करोड ५५ लाख ९२ हजार दुईसय ६१ रूपैयाँ ,लगानीमा रहेको ऋण २८ करोड ५१ लाख ९६ हजार छसय छरूपैयाँ र वासलात ३७ करोड ६१ लाख ५२ हजार २४ रूपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामबहादुर निरौलाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष छबिरमण अधिकारीले र ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक प्रेमबहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा उत्कृष्ट कर्मचारी कर्जा सहायक (केन्द्रीय कार्यालय) प्रकाश बराल, कार्यालय सहायक (धुलावारी शाखा) चन्द्रकला बुढाथोकी, उत्कृष्ट बचतकर्ता विजय शाह, वन्टी अग्रवाल, प्रकाश प्रधान, अम्बिकादेबी भण्डारी अधिकारी, उत्कृष्ट खुत्रुके बचतकर्ता दिब्यांसा मैनाली, श्रीजल अधिकारी , असल ऋणी भिमसागर पौडेल, फूलमाया दर्जी,श्याम प्रधान, भद्रादेबी सार्की, एसईईमा उत्कृष्ट अनुराग तिमल्सिना, सिमन यादवलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव चन्द्रकुमार भट्टराई र सहसचिव प्रेमप्रसाद अधिकारीले गरेका थिए।
साना मझौला व्यवसायी साकोसको १४ औं बार्षिक साधारणसभा सम्पन्न



















