Homeसमाचारझापाका सबै पालिकामा अपाङ्गता लक्षित कार्यक्रम सञ्चालनमा, २ गतेदेखि शिविर

झापाका सबै पालिकामा अपाङ्गता लक्षित कार्यक्रम सञ्चालनमा, २ गतेदेखि शिविर

बिर्तामोड २८ कात्तिक । प्रदेश सरकार स्थानीय तह र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा झापासहित कोशीका तीन जिल्लामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि सञ्चालनमा आएको छ । त्रिपक्षीय लागत सहभागितामा सञ्चालन हुने कार्यक्रममा झापामा १५ वटै पालिकामा अपाङ्गता भएका व्यक्तिको लगत सञ्चालन भइरहेको करुणा फाउण्डेशनद्वारा झापाको बिर्तामोडमा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा फाण्डेशनका बरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो ।
परियोजनामार्फत प्रत्यक्ष रुपमा झापाका २३ हजार नौसय ८८ बढी लक्षित समुह लाभान्वित हुनेछन् भने उनीहरुको परिवारको जीवनस्तर सवलीकरणका लागि समेत कार्यक्रम सञ्चालन गरिने भएको छ ।
लक्षित समुहको लगत संकलन गरिरहेको परियोजनाको कार्यक्रम अनुसार अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री (श्रवण यन्त्र ह्वील चियर), कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, अपाङ्गता परिचय–पत्र वितरण गरिने छ ।
अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तरगत मंसिर २ गतेदेखि झापाका सबै पालिकामा अपाङ्गता भएका व्यक्तिका लागि शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविरमा स्वास्थ्य परीक्षण, सहायक सामग्री, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना, परिचय–पत्र वितरण गरिने बरिष्ठ कार्यक्रम व्यवस्थापक कोइरालाले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्ति परिवारको जीवनस्तरको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालित परियोजनाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार, शिक्षामा पहुँच बृद्धि, अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन सुधारका लागि सिपमुलक तथा व्यवसायिक तालिम, बिउँ पूँजी सहयोग जस्ता काम गर्ने उल्लेख छ । त्यस्तै सामािजक क्रियाकलापमा पहुँच बृद्धि, अपाङ्गता भएका व्यक्ति र परिवारको सशक्तिकरण, रोकथाम तथा पुनः स्थापनाका ला िसंरचनाहरुको सबलीकरण सहयोग, क्षमता अभिबृद्धि सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्ने व्यवस्थापक कोइरालाले बताउनु भयो ।
कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले लक्षित समुदायको हितमा बजेट खर्च गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका केन्द्रीय सदस्य दीपक बोहोरा, महासंघका कोशी प्रदेश अध्यक्ष नविन ढुंगेलले सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो ।
नवजात शिशु तथा १० बर्षमुनीका बालबालिकाको स्वास्थ्य जाँच गरी हुनसक्ने अपाङ्गताको पहिचान र व्यवस्थापन गर्ने, अपाङ्गता भएका व्यक्ति र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने, स्थानीय तहमा रहेर लक्षित समूहलाई सेवा प्रदान गर्ने साथै सरकारी संरचनाको सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालित छ । जसका लागि साथै जन्मै अपाङ्गता सुधारका लागि फोलिक एसिड चक्कीको प्रभावकारिता पैरवी र वितरणलाई कार्यक्रममा समेटिएको छ । नतिजामुखी बाल स्वास्थ्य सुधारको आवश्यकता पहिचान गरेको संस्थाले सामुदायिक विद्यालयका बालबालिकाहरुको स्वास्थ्य परिक्षण, विकास हुन सक्ने प्रकृतिका अपाङ्गताको स्क्रिनिङ क्याम्प सञ्चालन लगायतका कार्यक्रम समेटिएको छ ।
चालु आर्थिक वर्षमा साझेदार तीनवटै संस्थाका तर्फबाट झापाका १५ वटै पालिकामा उद्देश्य अनुसारका कार्यक्रम सञ्चालनका लागि एकमुष्ठ १२ करोड ५४ लाख १९ हजार ६१५ रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । जसमा तीनै पक्षको समान साझेदारी उल्लेख गरिएको छ । त्यसैगरी आव २०८२÷८३ मा नौकरोड ९३ लाख आठहजार आठसय ३५ रुपैयाँ अनुमानित बजेटमा पनि समान साझेदारी रहेको परियोजना अन्तरगत आव २०८३÷०८४ मा भने करुणाले साझेदारी नगर्ने जनाएको छ । उक्त वर्षका लागि आठकरोड ५८ लाख १६ हजार आठसय १० रुपैयाँ बजेट अनुमान गरिएको छ ।
फाउण्डेशनका पालिका संयोजक जिल्ला संयोजक सञ्जय शर्मा, पालिका संयोजक सुरेन्द्र गिरी, सीबीआर अधिकृत स्नेहा खड्का, झापाली सञ्चारकर्मीको लगायतको सहभागिता रहेको थियो ।
परियोजनाले झापासहित ताप्लेजुङ र तेह्रथुमका ३० पालिकालाई समेटेको छ । यसअघि उक्त कार्यक्रम सुनसरी, इलाम लगायत कोशीका एकसय बढी पालिकामा सञ्चालन भइसकेको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका सबै पालिकामा अपाङ्गता लक्षित कार्यक्रम सञ्चालनमा, २ गतेदेखि शिविर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img