Homeसमाचारनिरन्तर सहकारीको अध्यक्षमा पुनः दाहाल

निरन्तर सहकारीको अध्यक्षमा पुनः दाहाल

बिर्तामोड २७ पुस । बिर्तामोड नगरपालिका क्षेत्रलाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको निरन्तर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारणसभा तथा आठौं अधिवेशन सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भिष्म दाहालको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका सहसचिव कृष्णप्रसाद मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक गतिविधि समेटिएको प्रतिवेदन र आर्थिक प्रतिवेदन अध्यक्ष दाहालले तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक ध्रुव गौतमले प्रस्तुत गरेका थिए ।
उत्कृष्ट कर्मचारी तारादेवी पाण्डे, उत्कृष्ट बचतकर्ता भगवती पौडेल, उत्कृष्ट ऋणी सोमनाथ ढुङ्गेल, उत्कृष्ट सेयर सदस्य धनन्जय सिटौला नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको सञ्चालक समिति सदस्य खेमराज बरालले जानकारी दिए ।
संस्थाका सचिव हरिप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रममा सदस्य रिता मिश्रले स्वागत गरेकी थिइन्। साथै संस्थाको आठौं अधिवेशनबाट संस्थाको अध्यक्षमा भिष्म दाहाललाई पुनः अध्यक्षमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा मदन ढुङ्गेल, सचिवमा हरिप्रसाद आचार्य, स।सचिवमा यसोदा सिटौला, र सदस्यहरुमा क्रमश तुलसीराम पोख्रेल, खेमराज बराल, पिताम्बर भट्टराई, रिता मिश्र,र रेवत श्रेष्ठ तथा लेखा सुपरिवेक्षण समितिमा संयोजक सुवास मैनाली र सदस्यहरुमा ध्रुव गौतम र मनिसा थपलिया सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुधिर कुमार सुवेदीले बताए ।
एकहजार पाँचसय शेयर सदस्य रहेको निरन्तर बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा सातलाख ४० हजार आठसय ९२ रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । चालु आवमा ९ लाख ५० हजार मुनाफा आर्जन गर्ने शेयर सदस्यमा बृद्धि गरी एकहजार सातसय पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिरन्तर सहकारीको अध्यक्षमा पुनः दाहाल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img