HomeFeatured 2चिया श्रमिकलाई प्रशिक्षण

चिया श्रमिकलाई प्रशिक्षण

बिर्तामोड २५ कात्तिक । ‘चिया क्षेत्रमा कार्यरत श्रमीकका मुद्धा, मर्यादित काम एवं सामाजिक सुरक्षाका लागि आगामी मार्गचित्र’ विषयक दुइदिने कार्यशाला आइतबार विर्तामोडमा सम्पन्न भएको छ ।
नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यशालालाई नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की, महासचिव अजय राई, केन्द्रीय उपमहासचिव अर्चना बस्नेत र चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले सहजीकरण गरेका थिए ।
कार्यशाला गोष्ठीमा संगठन, सामाजिक सुरक्षा, बोनस ऐन, ट्रेड युनियन कांग्रेस र भावी कार्यदिशा, चिया बगान श्रमिक संघको एक बर्षको नीति तथा कार्यक्रममाथि बृहत् छलफल भएको थियो ।
दुईदिने कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले श्रमजीवी वर्गको श्रमको मूल्य र सम्मान प्राप्त नभएसम्म मुलुकले संमृद्धि हासिल गर्न नसक्ने बताउनुभयो । विश्वका समृद्ध राष्ट्रहरुमा श्रमजीवी वर्गले सम्मान र श्रमको राम्रो मूल्य प्राप्त गरिरहेको अवस्थामा हाम्रो मुलुकमा पनि श्रमजीवी वर्गको सम्मान, समान ज्याला, एवं सामाजिक सुरक्षा ऐन कार्यान्वयनको खाँचो रहेको औल्याउनुभयो ।
नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजकर्ताद्वय तेजेन्द्र कार्की, अर्चना बस्नेत, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाली कांग्रेस झापाका सदस्य रश्मिशेखर सुवेदी र सहभागीका तर्फबाट कल्पना कार्की, नरेन्द्र अर्याल, मणि भुजेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका बरिष्ठ उपाध्यक्ष मिलन राईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चिया श्रमिकलाई प्रशिक्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img