Homeसमाचारतरुण दलले बनाइदियो मेहराको घर

तरुण दलले बनाइदियो मेहराको घर

भद्रपुर २५ कात्तिक । नेपाल तरुण दल भद्रपुर नगरपालिका वडा नं–५ को पहलमा भद्रपुर–५ ठण्डा बस्तीमा निर्माण गरिएको मेहरा दायरीको घर आज आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । लगभग पाँचलाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त घर भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले मेहरा दायरीलाई हस्तान्तरण गर्नुभएको हो ।

No description available.


नेपाल तरुण दल भद्रपुर–५ का वडा सभापति इन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गणेश पोखरेलले तरुण दलको पहलमा घरबारबिहीन ब्यक्तिको घर निर्माण हुनु सराहनीय कार्य भएको भन्दै प्रसंशा गर्नुभयो । यस्ता सामाजिक कार्यलाई जारी राख्नसमेत उहाँले तरुण दललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य विजय रिजाल, उद्योगी टिकाराज ढकाल, नेपाल तरुण दल केन्द्रीय सदस्यद्वय श्याम सिटौला र राजेन्द्र उप्रेती, भद्रपुर–५ का वडाअध्यक्ष बन्धु कार्की, भद्रपुर–६ का वडाध्यक्ष रतिया राजवंशी, भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बा (गौरव), नेपाल विद्यार्थी संघ झापाका अध्यक्ष सञ्जय निरौला तरुण दल क्षेत्रीय सभापति खड्ग सुब्बा, लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल तरुण दलका वडा सभापति नेपालले घर निर्माण कार्यमा सहयोग पु¥याउने सबैप्रति आभारसहित धन्यवाद ब्यक्त गर्दै मेहरा परिवारको सुखद भविष्यको कामना ब्यक्त गर्नुभयो । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतरुण दलले बनाइदियो मेहराको घर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img