Homeसमाचारलागू–औषधसहित एकजना प्रहरीको नियन्त्रणमा

लागू–औषधसहित एकजना प्रहरीको नियन्त्रणमा

झापा २४ कात्तिक । चेकजाँचका क्रममा मलद्वारमा लुकाएर लागू औषध ल्याएको पाइएपछि लागु–औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका वडा नं ६ पुरानो मेचीपुलमा खटिएको प्रहरी टोलीले भारतबाट सिटी रिक्सामा नेपालतर्फ आउदैं गरेको भारतको सिक्किम, सिंगेथान घर भई हाल जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं– ८ बस्दै आएको बर्ष २१ को बिक्रम क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सिटी रिक्सामा आउदै गरेका क्षेत्रीलाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकमा पोका पारी मलद्धारमा राखी लुकाई प्रतिबन्धित लागू–औषध खैरो हेरोइन फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ । क्षेत्रीको साथबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको प्लाष्टिक बाहेक १० (दश) ग्राम खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू–औषधसहित एकजना प्रहरीको नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img