बिराटनगर २४ कार्तिक । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा लगाइएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८१’ अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान चलाएको हो । अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिकाका बिभिन्न क्षेत्रका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार चारसय गाँजाका बोटहरु फँडानी गरी जलाएर नष्ट गरेको जनाएको छ ।
यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुरको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न क्षेत्रको लगभग १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरेको कोशी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।
धनकुटा र भोजपुरमा प्रहरीद्वारा गाँजाका बोट नष्ट



















