बिर्तामाेड २५ कात्तिक । आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती । वि.सं. १९४२ सालमा इलाममा जन्मिएका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दलाइ समाज सुधारक, किराँत धर्मको उत्थानका प्रवर्तक मानिन्छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे थियाे । उहाँको सम्मानमा इलामकाे लारूम्बालाई किराँत धर्मावलम्बीकाे पवित्र तिर्थस्थल मानिन्छ ।
अहिंसावादी फाल्गुनन्दलाई भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र सत्य वचनका प्रतिकका रूपमा पनि मानिन्छ ।
महागुरु फाल्गुनन्दको जन्मजयन्तीकाे अवसरमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँका उपदेश र मार्गदर्शनलाई पालन गरे सकिने बताउनुभएको छ ।
अवसरमा शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कार्कीले
अहिंसाका प्रतिक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनु भएकाे छ । ‘मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाइ अगाडि बढाउन सकिनेमा जोड दिनुभएको छ ।
फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोशी प्रदेश सरकारले उहाँको जन्मजयन्तीको दिनमा सार्बजनिक बिदा समेत दिदै आएको छ ।
महागुरू फाल्गुनन्दकाे एकसय ४० जन्मजयन्ती, काेशीमा सार्वजनिक विदा



















