HomeFeatured 2राजनीति बलियो हुन युवाको सहभागिता आवश्यक

राजनीति बलियो हुन युवाको सहभागिता आवश्यक

बिर्तामोड २४ कात्तिक । नेपाल ट्रेड युनियन कांग्रेस झापा जिल्ला समितिको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ। शनिबार बिर्तामोडमा सम्पन्न परिषदमा ट्रेड युनियनलाई आन्दोलनको रूपमा स्थापित गर्ने बक्ताहरुले धारणा राखेका थिए ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेको प्रमुख आतिथ्य र नेपाल ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष तेजेन्द्रजङ्ग कार्कीको विशेष आतिथ्य रहेको कार्यक्रममा ट्रेड युनियन कांग्रेस आवद्ध जिल्लाका मजदुरहरूको उपस्थिति रहेको थियो ।
परिषदलाई सम्बोधन गर्दै प्रमुख अतिथि थेवेले शुभेच्छुक संस्थाहरु सबल र सक्षम भए मात्र कांग्रेस बलियो हुने बताउँदै कांग्रेसले ट्रेड युनियनलाई बलियो बनाउने धारणा राख्नु भएको थियो । मजदुरहरुले आफ्ना काम, कर्तव्य र अधिकारका बारेमा सचेत हुँदै सँगठनभित्रका झिना–मसिना विवादलाई आपसी समझदारीबाट टुंग्याउनु पर्नेमा सभापति थेवेको जोड थियो ।
मजदुर नेता तथा कार्यक्रमका विशेष अतिथि कार्कीले समाजमा राजनीतिप्रति वितृष्णा बढ्दै गएको बर्तमानमा युवा पुस्तालाई अघि सार्नुपर्ने धारणा राख्नुभयो । राजनीति कमजोर हुँदा ट्रेड युनियन आन्दोलन पनि कमजोर हुने बताउँदै कार्कीले राजनीतिलाई बलियो बनाउन युवाहरुको खाँचो औंल्याउनु भएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईं, नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय महासचिव अजय राई, कांग्रेस बिर्तामोड समिति उपसभापति सूर्यप्रसाद कन्दङवा, ट्रेड युनियन कांग्रेसकी अर्चना बस्नेत, उर्मिला पोखरेल, गंगा ओडारी, शिक्षक संघका तोयानाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कृष्णमाया पनेरुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन खड्काले गरेको कांग्रेस जिल्ला सदस्य रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2राजनीति बलियो हुन युवाको सहभागिता आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img