Homeसमाचारसमाचार`युवा संकल्प यात्रा´ विकृतिको अन्त्य र जागरणका लागि महत्त्वपूर्ण : शाही

`युवा संकल्प यात्रा´ विकृतिको अन्त्य र जागरणका लागि महत्त्वपूर्ण : शाही

काँकडभिट्टा २३ कात्तिक । मुलुकमा विद्यामान विसंगतिको अन्त्य, बेराेजगारी समस्या समाधान, महंगी नियन्त्रणको मुख्य लक्ष्य राखेर मेचीनगर – महेन्द्रनगर युवा संकल्प यात्रा सुरु भएको छ । सामाजिक, आर्थिक, राजनीतिक तथा समसामयिक क्षेत्रमा देखिएका विकृतिको अन्त्यका यात्रा महत्त्वपूर्ण हुने बताइएकाे छ ।
संकल्प यात्राको नेतृत्व नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले गर्नुभएको छ । शुक्रबार मेचीनगरदेखि शुरू यात्रामा विभिन्न जिल्लाका ५० जना युवा कांग्रेस सहभागी छन् । संकल्प यात्राले देशभरका युवालाई लोकतन्त्र, विधिको शासन, युवालाई राेजगारी, उद्यमशीलता, सुशासन, भ्रष्टाचार नियन्त्रण, सहकारी समस्या कारवाही र बचत फिर्ता, कृषि आधुनिकीकरण, युवाको हकहित र अधिकारका पक्षमा दवाव सिर्जना गर्ने शाहीले बताउनुभयो । यात्राको शुभारम्भ काँकडभिट्टाको सडकमा दुई सय मिटर हिँडेर गरिएको छ ।
कांग्रेस झापा सभापति देउकुमार थेवेले १० बुँदा समेटिएको ब्यानर र पार्टीको झण्डा शाही नेतृत्वको टाेलीलाई हस्तान्तरण गर्नुभयाे। संकल्प यात्राका क्रममा तराईका जिल्लामा युवा जागृतिका कार्यक्रम, अन्तरसंवाद र सामुहिक छलफल गरिने शाहीले जानकारी दिनुभयो ।
यात्राका क्रममा लोकतान्त्रिक मूल्य मान्यताको प्रबर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार न्यूनीकरण, सुशासन, उद्यमशीलतासँगै समृद्ध राष्ट्र निर्माणमा युवाहरुसँग समसायिक विषयमा छलफल हुनेछ । अभियानका संयोजक शाहीले देशको विकास हुँदैन भन्ने सोचको अन्त्य गरी नागरिकमा आस भर्न जरुरी भएको बताउनुभयो ।
`युवामा उत्साहको उर्जा भर्न जरुरी छ , संकल्प यात्राले निरासाको न्यूनीकरण गर्दै र सकारात्मक उर्जा भर्छ” उहाँले भन्नुभयो, ” बर्सेनी ५ लाख युवा बेरोजगार भइरहेको अवस्था छ, त्यसको अन्त्य वर्तमानको आवश्यकता हो। ” शाहीले थप्नुभयाे `कसैले आएर हाम्राे समस्या समाधान गरिदिदैन, गर्ने हामीले नै हाे, युवा शक्तिले नै हाे, मुलुकमा देखिएकाे समस्या समाधान गर्ने जिम्मेवारी पनि हाम्राे पनि हाे´ । यद्यपि मुलुकमा देखिएका समस्या समाधान गर्ने मुख्य दायित्व सरकारकाे भएकाे बताउदै सरकारलाई सुत्ने छुट नभएको शाहीकाे भनाइ थियाे ।
विकृतिले मुलुक जर्जर भएको बताउदै शाहीले भन्नुभयाे, ` जनताले दु :ख मात्रै पाएका छन्, नेता मन्त्री, प्रधानमन्त्री बनेर मात्रै हुँदैन´ उहाँले भन्नुभयो , `जनताको जीवन परिवर्तन हुनुपर्छ, नत्र ठूला दलको दह्रो सरकार छ भनेर मात्रै केही हुँदैन । ´
तरुण दलका पूर्वमहामन्त्री, कर्णाली प्रदेशको प्रदेश सभापतिको प्रत्यासी, कालीकोटबाट दुईपटक संघीय सांसदको उम्मेद्वार बनिसक्नु भएको शाहीले सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गर्न सरकारसँग मागसमेत गर्नुभयो ।
मेचीनगरबाट अहिले केहीबेर अघि सुरु भएको यात्राका सहभागी आज दमक पुग्ने कार्यक्रम छ । टोली भोलि मोरङसँगै सुनसरीको इटहरी पुग्ने छ । २५ गते लाहान, २६ गते जनकपुर, २७ गते चपुर , २८ गते वीरगन्ज , २९ गते भरतपुर , ३० गते वुटवल, मंसिर १ गते लमही, २ गते वीरेन्द्रनगर, सुर्खेत, ३ गते कोहलपुर र ४ गते महेन्द्रनगर पुगेर संकल्प यात्रा पूरा हुनेछ ।
यात्रा सुभारम्भ कार्यक्रममा युवा कांग्रेसहरु इन्द्रबहादुर बुढाथोकी, मुकेश लिम्बु, पशुपति पोखरेल, प्रेमिका रानामगर , धर्मेन्द्र नेम्बाङ लगायतले बोल्नुभयो । उहाँहरुले संकल्प यात्राको लक्ष्यसिद्ध हुने अपेक्षा गर्नुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचार`युवा संकल्प यात्रा´ विकृतिको अन्त्य र जागरणका लागि महत्त्वपूर्ण : शाही
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img