दुधे २३ कात्तिक । तास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले झापाको शिवसताक्षी नगरपालिका ११ नहर चोकस्थित एक घरबाट १८ जनासहित नगद नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा प्रहरीले स्थानीय चन्द्रमणी रिमालको घरमा तास खेलिरहेको अवस्थामा गएराती लगभग साढे १ बजेतिर खेलिरहेको तास, नगद र १८ जनालाईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा शिवसताक्षि नगपालिका वडा नं. ११ का ६२ वर्षीय चन्द्रमणि रिमाल, सोही वडा निवासी ४५ वर्षीय राजेन्द्र बास्कोटा, ४९ वर्षीय दिपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र बुबर रहेका छन् । त्यस्तै शिवसताक्षी नगरपालिकाकै वडा नं. ४ का २४ वर्षीय सेवराज राजवंशी, ३६ वर्षका रुपनारायण साहा, मनोज साहा, ५ का ३३ वर्षीय मुकेश राउत, ७ नं. वडाका ५४ बर्षीय छत्रबहादुर सोडारी, ६१ बर्षीय मणी खड्का, ३२ वर्षीय राजु दर्जी, ५१ बर्षीय तुला सुब्बा, ६९ वर्षीय सिताराम कार्की र ४३ वर्षीय खडीबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी वडा नं. ६ का ४८ वर्षीय लोकनाथ दुलाल, ९ का निरज दुलाल, मोहन प्रसाद दुलाल रहेका छन् । त्यसैगरी गौरीगञ्ज गाउँपालिका १ का ४७ वर्षीय हरि राजवंशी समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एक बुङ तास तथा चारलाख ५४ हजार पाँचसय मात्र समेत बरामद गरेको जनाएको छ ।
झापाको शिवसताक्षीबाट तास खेलिरहेका १८ जना प्रहरी नियन्त्रणमा



















