Homeसमाचारनेपाली कांग्रेसको मेची–महाकाली 'संकल्प युवा यात्रा'मा १० बुँदे ‘एजेन्डा’ यात्रा आज काँकडभिट्टाबाट...

नेपाली कांग्रेसको मेची–महाकाली ‘संकल्प युवा यात्रा’मा १० बुँदे ‘एजेन्डा’ यात्रा आज काँकडभिट्टाबाट शुरु हुँदै

झापा २३ कात्तिक । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आजबाट पूर्वीनाका काँकडभिट्टादेखि सुरू हुँदैछ ।
राजनीतिक र नीतिगत सुधारको अगुवाई कांग्रेसले गरेपनि मुलुकको राजनीतिक अस्थिरता, बेथिति, भ्रस्टाचार, दश वर्षे हि सशस्त्र द्वन्द्व लगायतका कारणले जनजिविका,सुशासन र विकासको क्षेत्रमा यथोचित उपलब्धी हासिल गर्न नसकिरहेको अवस्थामा सत्तासिन पार्टी कांग्रेसले युवा संकल्प यात्रा शुरु गर्न लागेको हो । आजदेखि शुरु भएको यात्रा देशभरका विभिन्न ठाउँ हुँदै मंसिर ४ गते महाकालीमा पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।
अभियानको उद्देश्य देशभरका युवाहरुलाई लोकतन्त्र, विधिको शासन, युवाको हकहित र जनअधिकारका पक्षमा ऐक्यवद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने, देश विकासका लागि उद्यमशीलताको अपरिहार्यता र प्रवद्र्धन, राजनीतिक उपलब्धीको संरक्षण, कृषिमा आधुनिकीकरण र स्वदेशमै युवालाई रोजगारी, राजनीतिक आन्दोलनमा युवालाई सहभागिका साथै आर्थिक विकासमा पनि साझेदार बनाउने वातावरण निर्माण गर्ने यात्राको उद्देश्य रहेको संयोजक शाहीले बताउनु भयो ।
अभियानका विषयवस्तु :
# युवालाई रोजगारीको सुनिश्चितता # भ्रष्टाचार उन्मुलन र सुशासन महँगी र मूल्यवृद्धि नियन्त्रण # सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता # विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही # उद्यमशीलता # नवप्रवर्तन र कृषिमा लगानी # हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व # नागरिकमैत्री सरकार # नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत # नैतिक मूल्य मान्यतामा आधारित राजनीति, जस्ता १० बुँदालाई संकल्प यात्राको मुख्य विषयवस्तु बनाइएको छ ।
यात्राका क्रममा युवा, स्थानीय नागरिक समाज, बौद्धिक/विद्धत वर्ग र बिभिन्न क्षेत्रमा संलग्न युवा तथा नागरिकसँग मुख्यतः भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना, युवा उद्यमशीलता, नवप्रवर्तन, कृषिमा लगानी, समग्र क्षेत्रमा युवाको निर्णायक भूमिका स्थापना लगायतका विषयमा गहन छलफल, अन्तरक्रिया र दवावमूलक कार्यक्रमहरु हुनेछन् ।
अभियानका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरी कार्यान्वयनका लागि निरन्तर काम गर्ने संकल्प यात्राले लिएको छ ।
युवा संकल्प यात्राले नेपाली कांग्रेस र युवाहरुबीच स्थापना हुने सम्बन्धले नेपालको लोकतान्त्रिक आन्दोलन, कांग्रेसको रुपान्तरण र युवा–विकासका क्षेत्रमा थप क्रियाशील रहन सबैलाई उत्प्रेरित गर्ने विश्वास गरिएको यात्राले युवा बर्गलाइ केहि गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ । साथै भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको सिर्जना, कृषि आधुनिकीकरण, उद्यमशीलता, आर्थिक विकासमा सम्भावनाको नयाँ खोजी गर्न एउटा सकारात्मक सन्देस प्रवाह गर्ने रहेको छ ।
* यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो ।
अभियान मार्फत् रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउने कांग्रेसको तयारी छ । यो अभियानले सहकारीपीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न दबाव सिर्जना गर्ने कांग्रेसको विश्वास छ । साथै देश बनाउन र नागरिकलाई सबल तुल्याउन सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कांग्रेसले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपाली कांग्रेसको मेची–महाकाली 'संकल्प युवा यात्रा'मा १० बुँदे ‘एजेन्डा’ यात्रा आज काँकडभिट्टाबाट...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img