बिर्तामोड १७ कात्तिक । हिन्दु परम्परा अनुसार बाबू- आमाकाे श्राद्व अनिवार्य मानिन्छ । तर, श्राद्व कर्म गर्ने र गराउने मध्ये कुनै श्रद्वा बाहिरिएकाे प्रमाणित भयाे भने श्राद्व गर्नेकाे मन भड्किन्छ । त्यस्तै भड्काईकाे परिणामस्वरूप हेम-सरिता फाउन्डेसनका संस्थापक हेम-सरिता पाठकले दिवंगत बुबा टंकप्रसादकाे वार्षिक श्राद्वकाे दिन पारेर एकजना पुरूषलाई सम्मान गरेकाे छ ।
नेपाललाई भ्रष्टाचार मुक्त बनाएर देश बनाउनुपर्छ भन्ने ध्येयले भ्रष्टाचार विरूद्वकाे अभियान सञ्चालन गर्दै आएकाे फाउन्डेसनले बुबा टंकप्रसाद र आमा रमादेवीकाे प्रत्येक बार्षिक श्राद्वमा एक/ एक जना पुरूष र महिलालाई सम्मान गर्दै आएकाे छ । साेही अनुसार फाउन्डेसनका संस्थापकका झापामा रहेका सहाेदर भाइ- बुहारी तथासहित उपस्थित आफन्तले नन्दीकेशर पाैडेललाई सम्मान गरेका हुन् ।
फाउन्डेसनका सदस्य तथा पाठकका सहाेदर भाइ यज्ञप्रसाद पाठककाे बिर्तामोड ४ स्थित निवासमा नगद राशिसहित सम्मान पत्रद्वारा सम्मान गरिएकाे हाे ।
पाैडेललाई दुर्गा सापकोटाले सम्मान पत्र प्रदान गरेका थिएभने टिकादेवी संग्राैलाले दाेसल्ला र हरिमाया थपलियाले खादा अर्पण गरेका थिए । कृष्णकुमार संग्राैलाले सम्मान पत्र वाचन गरेका थिएभने नगद राशी सकुन्तला कार्की पाठकले प्रदान गरेकी थिइन ।
फाउन्डेसनले आर्थिक अवस्था कमजाेर भएका र महिला र पुरूषलाई छनाैट गरेर नगद ११ हजार एकसय ११ सहित सम्मान पत्रद्वारा गर्ने गरेकाे बताइएकाे छ ।
पारिवारिक श्राेतका अनुसार फाउन्डेसनका संस्थापक पाठकले अमेरिकामा बुबाकाे बार्षिक श्राद्वकर्म गर्ने क्रममा कर्म गराउने यजमानबाट जे अनुभव भयाे त्यसैकाे परिणामस्वरूप बुबा आमाका नाममा गरिव तथा विपन्नलाई सम्मान गर्नका लागि दुइलाखकाे काेष स्थापना गरेकाे बताईएकाे छ ।
भ्रष्टाचार विरूद्व खराे रूपमा उत्रिएका फाउन्डेसनका संस्थापक पाठकले पत्रकार, गीत संगीत, कविता लगायत विभिन्न विधामा राष्ट्रियस्तरकाे पुरस्कार स्थापना गरेर वितरण गर्दै आएका छन् ।
अमेरिकामा कर्म गर्दै आएका पाठक निकट भविष्यमा नेपालमै फर्केर भ्रष्टाचार विरूद्वकाे आवाजलाई बुलन्द बनाउनुका साथै सामाजिक कार्यमा अझ सक्रिय भएर लाग्ने बुझिएकाे छ।
पाठकले झापा, काठमाडौं लगायत विभिन्न दुर्गम क्षेत्रका गरिव तथा जेहेन्दार बालबालिकालाई लक्षित गरि निशुल्क शिक्षाका लागि छात्रवृत्ति समेत प्रदान गर्दै आएका छन् ।
टंकप्रसादकाे स्मृतिमा हेम-सरिता फाउन्डेसनद्वारा पाैडेललाई सम्मान
