HomeFeatured 2कोशीका आन्तरिक मामिला मन्त्रीद्वारा राजीनामा

कोशीका आन्तरिक मामिला मन्त्रीद्वारा राजीनामा

विराटनगर २१ कात्तिक । मुख्यमन्त्रीलाई जानकारी नै नदिइ सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ ।
अनुमति र जानकारी बिनै जापान भ्रमणमा गएपछि उनको भ्रमणको विषय विवादित भएको थियो । मुख्यमन्त्रीले हिम्मत कार्कीले पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै अधिकारीलाई राजीनामा सुझाव दिएपछि उहाँले बुधबार राजीनामा पत्र बुझाउनु भएको हो । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, मन्त्री अधिकारी कसैलाई थाहै नदिइ कार्यक्रममा भाग लिन गत कात्तिक १३ मा जापान उड्नु भएको थियो । उहाँ टोकियो महानगरले आयोजनामा भएको कार्यक्रममा भाग लिन गएको बताइएको छ ।
अधिकारीले आफ्नो राजीनामा पत्रमा आफू निजी भ्रमणमा जापान गएको उल्लेख गर्नुभएको छ । मन्त्री अधिकारीसँगै जापान जान खोज्ने तीन जनामा जनक राई, दावा शेर्पा र अर्को एक जना रहेको बताइएको छ । उनीहरुसँग आन्तरिक मामिला तथा कानून मन्त्रालयको कर्मचारीको नक्कली कार्डसमेत रहेको खुलेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी चन्द्रकुबेर खापुङका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर सिआईबीले अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2कोशीका आन्तरिक मामिला मन्त्रीद्वारा राजीनामा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img