बिर्तामोड ११ कात्तिक। बिर्तामोडमा छप्पन भोग स्वीट्स एण्ड स्न्याक्स रेष्टुरेन्ट संचालनमा आएको छ । बिर्तामोड नगरपालिका वडा नं ५ सुगम पेट्रोल पम्प नजिक पूर्व पश्चिम राजमार्गको छेउमा संचालनमा ल्याईएको सो रेष्टुरेन्टको आज विधिवत् रूपमा उदघाटन गरिएको छ ।

मारवाडी समुदायका चार जना युवाहरु रोनल मित्तल, अनुराग अग्रवाल, सौरभ अग्रवाल र शुभम अग्रवालले संयुक्त रूपमा रेष्टुरेन्ट संचालनमा ल्याईएको काका मोहन मित्तलले जानकारी दिनुभयो ।
रेष्टुरेन्टको संचालकका हजुरबुवा दारिका प्रसाद मित्तलले उदघाटन गर्नुभएको थियो । रेष्टुरेन्टले सेवा शुरु सगै खान आउने ग्राहकको मन जित्ने प्रयास रहने संचालकले बताएको छ ।
पूर्वको प्रमुख व्यापारिक केन्द्र रूपमा रहेको बिर्तामोडमा शिक्षा, स्वास्थ्य, होटल, रेष्टुरेन्टहरुले राम्रो व्यापार गरेको देखिन्छ ।
