Homeसमाचारबिमा सचेतनाबारे पत्रकारसंग अन्तरक्रिया

बिमा सचेतनाबारे पत्रकारसंग अन्तरक्रिया

बिर्तामोड ८ कात्तिक । नागरिक तहमा बीमाबारे जागरण गराउने उद्देश्यले बिर्तामोडमा पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा झापाली पत्रकारसँग अन्तरक्रिया गरेको हो । आम मानिसमा बीमा साक्षरता जगाउनुका साथै जनचेतना जगाउन पत्रकारसँग अन्तरक्रिया आयोजना गरिएको बीमा प्राधिकरण प्रादेशिक कार्यालय बिराटनगरका प्रमुख विनोदकुमार पोखरेलले जानकारी दिए ।
कार्यालय प्रमुख पोखरेलले बीमा प्राधिकरणको स्थापना, अवस्था, काम, कर्तव्य र क्षेत्राधिकारका साथै बीमाको किसिमका बारेमा जानकारी गराएका थिए ।
नेपालका ४३.२७ प्रतिशत मानिसमात्र बीमाको पहुँचमा रहेको पोखरेलले जानकारी दिए । बीमा क्षेत्रमा ११९५१ जनाले रोजगारी पाएको, ३२९७५२ जना अभिकर्ता क्रियाशिल रहेको पोखरेलले जानकारी दिए । ‘एक घर एक बीमा’ अभियानअनुसार कार्य गरिरहेको प्रमुख पोखरेलको भनाई छ ।
कार्यक्रममा पत्रकारहरु इन्द्रसिंह राजवंशी, गोपाल काफ्ले, पुष्प बराल, प्रेम आचार्य, रमेश समदर्शीलगायतले जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासालाई कार्यालय प्रमुख पोखरेल, जीवन बीमा कम्पनीको तर्फबाट तुलसी पौडेल र निर्जीवन बीमा कम्पनीको तर्फबाट ठाकुर (सन्तोष) उप्रेतीले सम्बोधन गरेका थिए ।
बीमा प्राधिकरणले विद्यार्थीहरुका लागि ‘गरिबी निवारणमा बीमाको महत्व’ शिर्षकमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएकाले सहभागिताका लागि आग्रह गरेको छ । बिजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले झापाली पत्रकारले लामो समयसम्म पनि झापाली पत्रकारहरुले कोरोना बीमाको दाबी भुक्तानी नपाएको भन्दै सहजीकरणका लागि बीमा प्राधिकरणलाई आग्रह गरे । बीमा सचेतनाका लागि झापाली पत्रकारहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
झापाका पत्रकारहरुले कोरोना बिमा नपाएको भन्दै बिमा प्राधिकरणका प्रदेश प्रमुख पोखरेल समक्ष गुनासो राखेका थिए ।
पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालयकी सहायक निर्देशक पुष्पा खनालले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा सञ्चारकर्मीहरुका साथै विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश तथा शाखा प्रमुख र प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिमा सचेतनाबारे पत्रकारसंग अन्तरक्रिया
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img