Homeसमाचारनेपालीहरुको प्रमुख चाड दशैं

नेपालीहरुको प्रमुख चाड दशैं

नेपालीहरुको महान् तथा प्रमुख चाड दशै शुरु भएको छ । दशैंको पहिलो दिन घटस्थापनाका दिन विधिवत् रूपमा घर घरमा जमरा राखेर यो पर्वको शुरुवात गरिएको छ । दशैं अन्तर्गत नवरात्र चलिरहेको छ । नवरात्र शुरु भए यता देवीको मन्दिर एंव शक्ति पीठहरूमा दर्शनका लागि पुगेको भक्तजनहरूको घुईचो देखिन्छ । दशैं शुरुवात भएसगै बजार क्षेत्रमा दशैंका लागि लुगा , जुत्ता किन मेल गर्ने मानिसहरूको भिडभाड देखिएको छ । व्यापारिक चहलपहल बढेको छ । यो पर्व नेपालीहरुको खुशी र उल्लासको एक महान् पर्व हो । यो पर्वमा मिठो खाने , नयाँ लुगा लगाउने भन्ने चलन छ । पारिवारिक जमघट, आफना भेटघाट , अग्रजबाट टिका , जमरा तथा आशिर्वाद ग्रहण , आत्मियता , आदर सम्मान , शुभकामना आदान प्रदान यस पर्वको मुख्य बिषेशता हो । दशैंमा अभिभावकहरूले अर्थले भ्याएसम्म आफ्ना नानी बाबुहरूलाई नयाँ लुगा किनी दिने चलन छ । यो चलन धेरै अघि देखिको हो । त्यसैले साना नानीहरू यो चाडलाई नयाँ लुगा लगाउन पाइने चाडको रूपमा लिन्छन् ।
दशैंको आगमनसंगै केही दिन यता झरी कमजोर बन्दै गएर चिसो, चिसो, शान्त र शितल बनेको मौसमले मन ,मस्तिष्क पनि मौसम जस्तै शान्त र शितल तुल्याएको छ । दशैं र मौसम दुवैले एक प्रकारको मनमा हर्ष र उल्लास छाएको छ ।
दशैं आउन केही दिन अघि नै गाउँ तिर रातो तथा कमेरो माटोले घर आँगन लिपपोत ,घर , बाटो ,घाटो सरसफाई , फुलबारी गोडमेल, बगैंचा सरसफाई , खानेकुराको जोहो, मरमसला कुटानी पिसानी लगायतका पुर्व तयारी गरिन्छ । अघि पछि सुनसान देखिने बजार तथा हाटमा यतिबेला किनमेल गर्नेहरूको घुईचो र भिडभाड बढ्दछ । बर्षेनी दशैंको मुखमा लत्ता कपडा, खाधान्न , तेल, चामल ,साग, सब्जीको मुल्य आकासिने गर्दछ । ढाड सेक्ने मुल्य चुकाएर भए पनि पर्व टार्नु पर्ने आमनागरिकलाई बाध्यता पर्दछ । यो पर्वमा लामो समय देखि कामको शिलशिलामा घर बाहिर बसेका सन्तानहरू दशैं मनाउन आमा बुबा तथा हजुर बुवा आमा बाट टिका तथा आशिर्वाद थाप्न घर आईपुग्छन् ।
बिजय उत्सवको रूप

दशैंलाई दशहरा, बडादशैं, विजया दशमी र आयुध(पूजा पनि भन्ने गरिएको पाईन्छ । ऐतिहासिक दृष्टिले दशैं पर्वको अध्ययन गर्दा यसलाई शक्तिको पूजाको रूपमा मान्ने गरिदै आएको छ । दशैंमा गरिने पूजाआजा सम्पूर्ण रूपले विजयलाई मानेर गर्ने गरिन्छ। आदिम ग्रन्थ ‘ऋग्वेद’ मा दशैंलाई वसन्त सम्पात भनेर उल्लेख गरिएको पाइन्छ । विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्यमा खुसीयालीका रूपमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो।
वैदिक कालदेखि नै साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यको संगमको रूपमा दशैंको सुरुवात भएको पाइन्छ। दशैंमा विशेषगरी शक्तिको आराधना गर्ने र देवीलाई बली दिई प्रसादको रूपमा मासु खाने परम्परा रहिआएको छ। रामले रावणमाथि विजय गरेको र दुर्गा(देवी(भगवतीले महिषासुर, शुम्भ, निशुम्भहरूलाई पराजित गरेको विशेष उपलक्ष्यमा विशेष हर्ष बढाइँका साथ विजय उल्लासपूर्वक मनाइने पर्वलाई दशैं भनिएको मानिन्छ।

दशैंको शुरूवात

नेपालमा दशैं कहिलेदेखि मनाउँदै आइयो भन्ने कुराको स्पष्ट प्रमाण भने भेटिएको छैन । कतै(कतै लिच्छवि कालका शिलालेख जस्ता ऐतिहासिक सामग्रीमा दशैं पर्वका केही संकेत पाइन्छन् भनिन्छ । लिच्छवि कालमा राजा मानदेवको पालाको एक अभिलेखमा महिषासुर(मर्दिनी पादपीठको उल्लेख छ। लिच्छविकालीन एउटा अर्को अभिलेखमा ‘नारायण देवकुल दशमीगोष्ठी भन्ने शब्द पाइएकोले त्यतिखेर पनि दशैं पर्व मनाइन्थ्यो भन्ने अनुमान लगाइएको पाईन्छ । मल्लकालीन अभिलेखमा भने दशैंका बारेमा कहीँ कतै अभिलेख पाउन सकिँदैन । प्रष्ट रूपमा कुनै अभिलेख नपाइए पनि कतै(कतै संकेत सम्म पाउन सकिन्छ। मध्यकालमा दशैंलाई विशेषगरी संग्रामिक महत्त्वको रूपमा मनाइएको देखिन्छ। त्यसबेला शास्त्राभ्यासको रूपमा यो चाड मनाइन्थ्यो। जयस्थिति मल्ल र उनका भारदारहरूले खड्गको स्थापना गरेर दशैं मनाइएको कुरा गोपालराज वंशावलीमा पाइन्छ।

दुर्गा भवानीको नौ रूपको पूजा

दशैंमा नवरात्रको नौ दिनलाई हिन्दू धर्ममा धार्मिक रूपले बिषेश महत्वपूर्ण मानिन्छ । जसमा देवी दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ। हरेक दिन एक विशेष देवीको पूजा गरिन्छ । नौ दिनमा गरिने पूजाको विधि र परम्पराहरू पहिलो दिन (शैलपुत्री) :यस दिन शैलपुत्रीको पुजाआजा गरिन्छ । शैलपुत्री देवी पार्वतीको रूप हुन् । जसलाई हिमालयकी छोरी मानिन्छ। यो दिनमा पूजा गरेर भक्तजनहरूले आफ्नो जीवनमा स्थिरता र साहस प्राप्त गर्ने विश्वास गरिन्छ ।
दोस्रो दिन (ब्रह्मचारिणी) : यस दिन ब्रह्मचारिणीको पुजाआराधना गरिन्छ । ब्रह्मचारिणी तपस्या र संयमको देवी हुन्। जसले भक्तजनलाई तप, ज्ञान, संयम र दानको महत्त्व सम्झाउँछ।
तेस्रो दिन (चन्द्रघण्टा): यस दिन चन्द्रघण्टाको पुजाआजा गरिन्छ । चन्द्रघण्टा शान्ति, सौम्यता, र धैर्यको प्रतीक हुन्। उनको पूजा गर्दा व्यक्तिले मनमा शान्ति र शक्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
चौथो दिन (कुष्माण्डा) : यसदिन देवी कुष्माण्डाको पुजाआजा गरिन्छ । कुष्माण्डा देवीले सृष्टिको आरम्भ गरेको विश्वास गरिन्छ। उनको पूजा गर्दा व्यक्तिले बल र सकारात्मक ऊर्जा प्राप्त भन्ने विश्वास गरिन्छ ।
पाँचौँ दिन (स्कन्दमाता) : यस दिन स्कन्दमाताको पुजाआजा गरिन्छ । स्कन्दमाता भगवान कार्तिकेयकी आमा हुन्। उनको पूजा गर्दा भक्तले प्रेम, मातृत्व, र करुणाको अनुभूति हुन्छ भन्ने विश्वास गरिन्छ ।
छैटौँ दिन (कात्यायनी) : यस दिन कात्यायनी देवीको पूजाआजा गरिन्छ । कात्यायनी देवी दुर्गाको एक रूप हुन् । जसले महिषासुरलाई पराजित गरेकी थिइन्। उनको पूजा गर्दा भक्तजनहरूले साहस र जीत प्राप्त गर्दछन् भन्ने विश्वाश मानिन्छ।
सातौँ दिन (कालरात्रि) : यस दिन कालरात्रिको पूजा आराधाना गरिन्छ । कालरात्रि तामसिक शक्तिहरूको नाश गर्ने देवी हुन्। उनको पूजा गर्दा नकारात्मक शक्तिहरू हट्छन् भन्ने विश्वास गरिन्छ।
आठौँ दिन (महागौरी) : यस दिन महागौरीको पूजाआराधना गरिन्छ । महागौरी शुद्धता र शान्तिको प्रतीक हुन्। उनको पूजा गर्दा भक्तजनहरूले शुद्धता, धैर्यता, र विवेक प्राप्त गर्दछन् भन्ने विश्वाश गरिन्छ ।
नवौँ दिन (सिद्धिदात्री) : यस दिन सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । सिद्धिदात्री देवी सम्पूर्ण सिद्धिहरूको देवी हुन्। उनको पूजा गर्दा भक्तजनहरूले जीवनमा सम्पूर्ण सिद्धि प्राप्त गर्ने विश्वास गरिन्छ।
दशमी
नवरात्रको दशौं दिन विजया दशमीका दिन घटस्थापनाको दिन राखिएको जमरा र मान्यजनको हातबाट रातो टिका लगाएर विजया दशमी मनाइन्छ । नौ दिनसम्म दुर्गा भवानी र अन्य देवी-देवताको नाममा पूजा गर्दा कुनै भुल बस कमी कमजोरी भएमा क्षमा स्वरूप पुजाको सार्थकताका निमित्त तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसको वीचमा रातो अक्षताको तीन थुप्रो बनाएर वीचमा अपराचिता देवी, दाहिनेतिर जया देवी र देब्रेतिर विजया देवीको आव्हान गरी जमरा लगायतको पूजा गरी दुर्गा भवानी र अन्य देवी देवतालाई चढाई आरती र पुष्पाञ्जलि गर्ने परम्परा छ । यसो गर्दा कसैले पनि आफूमाथि दमन गर्न नसक्ने धार्मिक मान्यता रहेको छ ।
फूलपाती भित्र्याउने चलन
दशैंलाई विजय यात्रा पनि रूपमा लिने गरिन्छ । चण्डी वा दुर्गा सप्तशतीलाई दशैं विशेष ग्रन्थ मानिन्छ। चौधौं शताब्दीमा नेपाल राज्यमा चण्डी नेवारी भाषामा लेखिएको पाइन्छ। त्यसले गर्दा यहाँ दशैंको निकै विशेष महत्त्व थियो भन्ने अनुमान लगाउन सकिन्छ। नेपालमा वि।स। १६१६ मा लमजुङका राजा द्रव्य शाहाले गोरखा हत्याएपछि बाजा बजाउँदै विजययात्राको रूपमा फूलपाती भित्र्याउने चलन चलेको किंवदन्ती छ ।
त्यसतै गरी पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय हाँसिल गरेपछि हर्ष बढाइँ स्वरूप गोरखाको गोरखकाली मन्दिरबाट काठमाडौं फूलपाती र जमरा ल्याउने चलन चलाएका थिए । नेपाली सेनाले शक्तिको आराधना स्वरूप दशैंमा विशेष पूजा गर्ने गरेको ऐतिहासिक किम्बदन्ती छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपालीहरुको प्रमुख चाड दशैं
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img