Homeसमाचारदुईदिनको उत्खननपछि बिरिङ किनारमा सडेको अवस्थामा हजामको शब फेला

दुईदिनको उत्खननपछि बिरिङ किनारमा सडेको अवस्थामा हजामको शब फेला

बाह्रदशी २० असोज । दुईदिनको उत्खनन् प्र्रयाससंगै प्रहरीले गत जेठ १५ गतेदेखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलवारी का २२ वर्षीय राजेश हजामको शव फेला पारेको छ ।
हजामको शव बाह्रदशी गाउँपालिका– ७ स्थित विरिङ खोला किनारमा उत्खनन् गर्दा सडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जनाएका छन् ।
साविक डाँगीवारी – ३ स्थित ‘लाफादी’ घाटको पश्चिम तर्फ खोला किनारमा अन्दाजी ५ फुट गहिरो खाडल खनेर हजामको शव पुरिएको अवस्थामा प्रहरीले उत्खनन् गर्दा भेटेको बाह्रदशी गाउँपालिका – ७ का वडाध्यक्ष मित्रप्रसाद भट्टराईले बताए । उनका अनुसार पानी बग्ने भाग भन्दा ५÷७ मिटर पर हजामको शव पुरिएको अवस्थामा प्रहरीले फेला पारेको हो । शुक्रवार विरिङ खोलाको दुई ठाउँमा उत्खनन् गरिएको थियो । तर, शव फेला परेको थिएन ।
शब खोजीका लागि प्रहरीले बाह्रदशीको एकघरमा उत्खनन् गरेको थियो । तर, त्यहाँ केही नभेटिएपछि अभियुक्तको बयानका आधारमा बिरिङ खोला किनारमा उत्खनन् शुरु गरेको थियो । हजामलाई हत्या गरेर घरको बरण्डामा गाडिएको आशंकामा उत्खनन् गर्दा उक्त ठाउँबाट नुनका बोरा, कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक भेटिएको थियो ।
उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले बाह्रदशी–७ निवासी ३१ वर्षीय समिर राजवंशी, २१ वर्षीय आशिष थापा, २० वर्षीया मुना मेचे (राजवंशी) र १६ वर्षीय नरेश राजवंशी पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुको बयानका आधारमा प्रहरीले आइतवार पुनः विरिङ खोलामा दुईवटा जेसीवी लगाएर उत्खनन् गरेको थियो ।
पक्राउ पर्नेमध्ये २० वर्षीया मुना र १६ वर्षीय नरेश राजवंशी भाउजू देवर हुन् भने ३१ वर्षीय समिर राजवंशी जेठाजु हुन् । गत जेठ १५ गते बाह्रदशी–५ निवासी भीम हजामको छोरा हराएको भन्दै जेठ १७ गते प्रहरीमा खोजीकार्यका लागि खोजपत्र परेको थियो ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा हजामको हत्या गरेर शुरुमा भान्सा घरमा शव गाडेको खुलेको छ । पछि सो शव खोला किनारमा सारिएको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
यता घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदुईदिनको उत्खननपछि बिरिङ किनारमा सडेको अवस्थामा हजामको शब फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img