भद्रपुर १९ असोज । सनसाईन बचत तथा ऋण सहकारी संस्था भद्रपुरको ११ औ बार्षिक साधारणसभाले एकजना जेष्ठ सदस्य सहित उत्कृष्ट ७ जनालाई सम्मान गर्दै सम्पन्न गरेको छ ।
चन्द्रगढीमा शनिवार सम्पन्न सभाले सहकारीकी ज्येष्ठ सदस्य नन्दमाया भट्टराईलाई कपडा सहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको सो सभामा शेयर सदस्य सन्तती मध्येबाट २०८० सालको एसईई परीक्षामा उत्कृष्ट आरती राजवंशी र सृष्टि साह, उत्कृष्ट कारोवार गर्ने फुलमाया मगर, दुर्गा माया योङहाङ, कुमारी मगर र सन्तोषी नेम्वाङलाई नगदसहित प्रसंशा पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
भद्रपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण बास्तोलाले २०८१ असार सम्मको एककरोड २४ लाख ४२ हजार सातसय रुपैयाँको शेयर रकम रहेको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले निम्न आय भएका ७ जना सदस्यलाई निशुल्क स्वास्थ्य विमा गरिदिएको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि खड्का, डिल्ली ढकाल, जयराज राजवंशी लगायतले मन्तव्य राख्नु भएको थियो । बास्तोलाको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव टीकाप्रसाद दाहाल र स्वागत उपाध्यक्ष श्याम खतिवडाले गर्नुभएको थियो ।
सनसाइनको ११ औं बार्षिक साधारणसभामा सात जनालाई सम्मान

































































































