भद्रपुर १७ असोज । झापाको सदरमुकाम चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध साकाहारी हिमालय उडल्याड खुलेको छ ।
भद्रपुर १० निवासी दीक्षा खनाल र अनुज खतिवडा दम्पतीले २५ लाखको एकल लगानीमा उडल्याडको शुरुवात गरेका हुन । विषेश गरि युवा वर्गको माग अनुसार पारिवारिक वातावरणमा रमाउन उडल्याण्ड फलदायी हुने संचालक खतिवडाले बताउनु भयो ।
अन्य होटल लजको दाजोमा यो उडल्याण्ड पृथक र सरल मूल्यमा सेवा प्रवाह गरिने खतिवडाले बताउनु भयो । कोक पिजा,वर्गर,वोवा टि, फ्रेस फ्राई, चाउमिन पनिर केक लगायतका चिजहरुलाई सरल मूल्यमा प्रदान गरिने संचालिका दीक्षा खनालले बताउनुभयो ।
उहाँले उडल्याण्डको पेज शेयर गर्नेलाई २ हजार माथिको विषेश अफरको व्यवस्था गरिएको बताउनु भयो ।शुद्ध पहाडको स्थानीय सामग्री प्रयोग गरि तयार गरिने सामग्रीको माग अनुसार होम डेलिभरिको समेत व्यावस्था गरिएको संचालकद्वयको भनाई छ ।