भद्रपुर १५ असोज । झापाको भद्रपुरमा मंगलबार आयोजित कार्यक्रममा १० जना जेष्ठ नागरिलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक संघ भद्रपुर नगर कमिटिले ३४ औं ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा भद्रपुर नगरपालिका भित्रका १० वटै वडाबाट १/१ जनाका दरले १० जनालाई सम्मान गरिएको हो । ७० वर्ष माथिका सम्मानित जयेष्ठहरुमा दिलबहादुर थेवे, लालबहादुर श्रेष्ठ , भागिरथ प्रधान, कर्णबहादुर राई, रमेशचन्द्र झा, घोगो राजवंशी, खगेन्द्र लम्साल, मोहनबहादुर ढुङ्गाना, विष्णुप्रसाद शिवाकोटी र मोहन कुमाई पाण्डे रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल अध्यक्ष हेमप्रसाद खनाल, सचिव ईश्वरीप्रसाद पोखरेल लगायतले सम्मान पत्र सहित नगद र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, उपप्रमुख राधा कार्की, सम्मानित व्यक्ति शिवाकोटी लगायतले मन्तव्य राखेका थिए।
खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ईश्वरप्रसाद पोखरेलले र स्वागत उपाध्यक्ष परमानन्द मिश्रले गर्नुभएको थियो ।